प्रदेश ४ राजधानी कहाँ राख्ने सम्बन्धमा छलफल सुरु

सागर राज तिमिल्सिना
पोखरा, १७ असार /प्रदेश ४ को राजधानीको नाम सम्बन्धमा आइतबार प्रदेश सभा छलफल शुरु भएको छ । प्रदेश सभाको बैठकमा असार १० गते टेबुल भएको प्रस्ताबमा आजबाट छलफल भएको हो । जेठ २१ गते सभा समक्ष प्रस्तुत भएको प्रदेश राजधानी तथा नामाकंन विषय समितिको प्रतिवेदन सांसद विन्दुकुमार थापाले टेवुल गरेका थिए ।

आजको बैठकमा प्रदेशको राजधानी पोखरा बनाइयो भन्ने प्रस्ताब एमाले सांसद कृष्ण बहादुर थापाले प्रेस गरेका थिए । छलफलमा एमालेका सांसद मायानाथ अधिकारीले प्रदेश चारको राजधानी एकल प्रस्ताब आएका कारण पनि स्वतह पोखरा राजधानी हुने बताए । उनले पोखरामा भौतिक पुर्वाधार, सुन्दर नगरी र सबैलाई पयक पर्ने ठाउँ भएका कारण पनि पोखरा राजधानीको विकप्प नरहेको बताए ।

नेपाली काग्रेसका सांसद विष्णु प्रसाद लामिछानेले पोखरा ११ जिल्ला केन्द्र भएका कराण पनि राजधानी हुन उपयुक्त भएको बताए । नयाँ शक्ति नेपालका सांसद हरिशरण आचार्यले पोखरा गित, संगित, साहित्य, पर्यटनको राजधानी पहिले नै भइसेको बताउदै प्रदेश ४ को राजधानी पनि पोखरा नै उपयुक्त भएको बताए ।

प्रदेश राजधानी तथा नामाकंन विषय समितिको प्रतिवेदन अनुसार राजधनीको रुपमा पोखरको नाम सर्वहमत भएको थियो । समितिले प्रदेशको नाममा पहिलो नम्बर गण्डकी नाम राखिएको छ भने दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरी नामको प्रश्ताव गरेको छ ।

कमेन्टहरु
Loading...