समाजसेवि तथा पर्यटन व्यवसायी पहारीको निधन

पोखरा बैदामका समाजसेवि तथा पर्यटन व्यवसायी भानुभक्त पहरीको निधन भएको छ । दम रोगबाट ग्रसित हुनु भएका ७५ बर्षीय पहारीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार निधन भएको उनको पारिवारले जनाएको छ । मंगलबार पहारीको पोखरा रामघाटमा अन्तेष्टी गरीएको छ । उनका छोरा हेमराज पहारी र शिव पहारीले दागवत्ती दिएका हुन । भानुभक्तका एक श्रीमती, दुई छोरा, एक छोरी रहेका छन ।
केदारेश्वर महादेवमणि संरक्षण समितिका संस्थापक उपाध्यक्ष, कोमागाने मितेरी पार्क निमार्ण समितिका सदस्य, फिर्के पथ निमार्ण समितिका सदस्य लगायतका विभिन्न संघ संस्थाहरुमा आबद्ध हुनुहुन्थ्यो । धार्मिक क्षेत्रमा समेत रुचि राख्ने स्वर्गीय भानुभक्तको निधनले आफुहरुलाई निकै दुख लागेको बताउदै केदारेश्वर महादेवमणि संरक्षण समितिका अध्यक्ष सुर्यनाथ अधिकारीले शोकसंतप्त परिवारजन प्रति समवेदना प्रकट गर्नु भएको छ ।

कमेन्टहरु
Loading...