एमाओवादीको जनसम्बन्ध सुदृढीकरण अभियानकाविरुद्ध वैद्य माओवादीको भण्डाफोर अभियान

दोस्रो संविधानसभाको चुनाव नजिकिंदै गर्दा त्यसको तयारीका लागि भन्दै एकीकृत नेकपा माओवादीले आफ्ना केन्द्रीय सदस्यको नेतृत्वमा हरेक निवाृचन क्षेत्रमा एक टोली खटाई एक महिने जनसम्बन्ध सुदृढीकरण अभियान सञ्चालन गरिरहेका बेला सशक्त संविधान सभा बहिष्कारको नीति लिएको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले पनि आफ्ना केन्द्रीय नेताहरुको नेतृत्वमा एक टोलीलाई गाउँ–गाउँ र टोल–टोलमा खटाएर संविधानसभा चुनाव वहिष्कार एवं भण्डाफोर अभियान सञ्चालन गरिरहेको छ ।
जनसम्बन्ध सुदृढीकरण अभियान सञ्चालन गरिरहेका एकीकृत नेकपा माओवादीको एक टोलीले कास्की क्षेत्र नं. १ अन्तरगतको लेखनाथ नगरपालिका वडा नं १२ मा मंगलबार वडा भेला सम्पन्न ग¥यो भने सोही पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यापार महासंघ, क्षेत्र नं. १, कास्कीले पनि लेखनाथ नगरपालिकामा एक क्षेत्रीय प्रशिक्षण कार्यक्रम सम्पन्न ग¥यो । लेखनाथ नगरपालिकाको वडा नं. १२ को भेलामा बोल्दै एमाओवादी केन्द्रीय सदस्य एवम् पूर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर सुकबहादुर रोकाले नेपाली क्रान्तिको अभियान विजयको नजिकै पुगेको बताए । उनले अघि भने,‘केही साथीहरुलाई हामी कता अलमलियौ भन्ने लागेको छ, तर वास्तविकता त्यस्तो होइन, हामी विजयको नजिकै छौं ।’ कार्यक्रममा माओवादी क्षेत्र नं. १ का संयोजक गंगा पोखरेल, स्थानीय नेता झमबहादुर पुन लगायतले बलिदानीको मूल्य नयाँ संविधानले मात्र संस्थागत गर्ने भन्दै जागरुक भएर निर्वाचनमा लाग्नुपर्नेमा जोड दिए ।
यता एमाओवादी विदेशशिक्तिहरुको अगाडि आत्मसमर्पण गरेर देशको राष्ट्रियता कमजोर बनाएकाले राष्ट्रियता जोगाउनका लागि आम नेपाली राष्ट्रवादी जनताहरु एकजुट भई संघर्षको मैदानमा उत्रनुपर्ने सन्देश दिंदै संविधानसभा चुनाव वहिष्कार र भण्डाफोर अभियानसहित मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले चार टोली कास्की जिल्लाका चारवटा निर्वाचन क्षेत्र अन्तरगतका गाउँ–गाउँ र टोल–टोलमा खटाएको छ । ती टोलीले हरेक ठाउँमा संविधानसभा चुनाव वहिरष्कार सम्बन्धि पचाृ पम्प्लेट वितरण गर्नुकासाथै जनतासँग भेटघाटका साथमा अन्तरक्रिया समेत गरिरहेको छ ।
वैद्य नेतृत्वको माओवादीले कास्की जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा पार्टीकी केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईंञ्चार्ज सावित्री दूरा “आस्था”को नेतृत्वमा एक भण्डाफोर टोली गाउँ–गाउँ र टोल–टोलमा खटाएको छ भने कास्की क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सल्लाहकार लोकबहादुर थापा मगर क्षेत्र नं. ३ मा पार्टी केन्द्रीय सदस्य एवं तमुवान राज्य सेक्रेटरी यशोदा सुवेदी “प्रभा” र क्षेत्र नं.. ४ कास्की जिल्ला सेक्रेटरी कृष्ण वाग्ले “रुपेश”को नेतृत्वमा टोली सकृय रहेका छन् ।
नेकपा–माओवादी कास्कीकी इञ्चार्ज सावित्री दूरा “आस्था”को नेतृत्वमा रहेको भण्डाफोर टोलीले मंगलबार कास्की जिल्लाको क्षेत्र नं. १ अन्तरगत पर्ने हसपुर गाविसको दाङसिमराङमा जनतासँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो । सो कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरुले मुलुकका समस्याहरु समाधानका नाममा चार प्रमुख राजनीतिक दलहरुले वर्तमान सरकार गठनका क्रममा गरेको ११ बुँदे आदेश तथा २५ बुँदे बाधा अड्काउ फुकाउ लगायतका विभिन्न सहमतिहरुका कारण आगामी मंसीर ४ गते दोस्रो संविधानसभाको चुनाव हुनै नसक्ने कुरामा जोड दिंदै यदि सो संविधान सभा चुनाव सम्पन्न भएपनि जनइच्छा अनुरुपको सविधान जारी गर्न नसक्ने ठोकुवा गरेका थिए । स्थानीय बासिन्दाहरुले देशको राष्ट्रियता कमजोर भएको अवस्थामा सम्पूर्ण राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने अवस्थामा विदेशीको इशारामा काम गर्ने चार प्रमुख दलहरुविरुद्ध तीब्र आक्रोश पोखेका थिए ।

कमेन्टहरु
Loading...