मदरल्यान्ड माविका ७ जनालाई ४.० जिपिए(GPA), विद्यार्थी दीक्षान्त

पोखरा, १२ असार /पोखराको मदरल्यान्ड मा. वि. मा माध्यमिक शिक्षा परीक्षा (SEE) २०७४ मा उच्च ग्रेड प्वाइन्ट (चार जिपिए GPA) का साथ ऐतिहासिक नतिजा हाँसिल गर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई सोमबार दीक्षान्त गरेको छ । मदरल्याण्डबाट २०७४ सालको एसईई परीक्षामा सम्मितिल कुल १५० जना विद्यार्थीमध्ये सात जना ४ जिपिए, १५ जना ३.९५ जिपिए, २७ जना ३.९ जिपिए सहित ११५ जना ए प्लस, २८ जना ए र ७ जना बी प्लसको ग्रेड हाँसिल गर्न सफल भएका थिए ।

विद्यालयका प्रशासक डिल्लीराम भट्टराईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा दीक्षित विद्यार्थीका तर्फबाट छात्र विपिन तिमिल्सिनाले उच्च नतिजा प्राप्तिमा अहोरात्र खटिनुहुने शिक्षक तथा विद्यालय कर्मचारीप्रति हार्दिक आभार व्यक्त गरेका थिए । विद्यालयका शुभचिन्तक तथा अभिभावक भोलानाथ पौडेलले सम्पूर्ण विद्यार्थी तथा विद्यालयलाई ऐतिहासिक नतिजा प्राप्त गरेकोमा बधाई दिँदै कास्कीमा उत्कृष्ट, क्षेत्रीय प्रथम यस नतिजाले राष्ट्रमै प्रथम हुन सफल हुने बताए ।

विद्यालयका संस्थापक तथा प्राचार्य नारायण बरालले दीक्षित विद्यार्थीलाई बधाई दिँदै उच्च माध्यमिक शिक्षा अन्तर्गत मदरल्यान्ड माविले पनि विगत लामो समयदेखि व्यवस्थापन र विज्ञान सङ्काय सञ्चालन गरी कक्षा एघार र बाह«को परीक्षामा प्रत्येक वर्ष उत्कृष्ट नतिजा हात पारेको बताए । संस्थापक निर्देशक त्रिभुवन शर्माले प्रवेशिका परीक्षाको सफलतापछि पहिले आफ्नो लक्ष्य निर्र्धारण गर्नुपर्ने अनि सोअनुरुप विषय र सङ्काय छान्नुपर्ने कुरामा जोड दिए । आफूलाई सहज र उपलब्धिमूलक लागेको माविमा अध्ययन गर्दा आशातीत नतिजा हाँसिल गर्न सकिन्छ भन्ने कुरा पनि व्यक्त गरे ।

विद्यार्थीहरूलाई पोखरालेखनाथ महानगर शिक्षक सङ्घका अध्यक्ष, विद्यालयका शुभचिन्तक तथा अभिभावक भोलानाथ पौडेल, निर्देशक त्रिभुवन शर्मा, प्राचार्य प्रेमनारायण पोख्रेल, छात्रावास प्रमुख विष्णु प्रसाद बराल लगायतले मेडल, कदरपत्र, अविर र खादा ओढाई सम्मान गरेका थिए । कार्यक्रम विद्यालयका मावि इन्चार्ज टेकनाथ पौडेलले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...