पाँच जना वालवालिकाको उद्दार

सागर राज तिमिल्सिना
पोखरा, २९ साउन/अनुमती नै नलिइ बालगृह सन्चालन गर्दै आएको पोखराको एक संस्थाबाट पाँच जना बालबालिकाको उद्दार गरेको छ । वालगृह अनुगमन समितिले पोखराको नयाँ गाउँमा रहेको असहाय तथा दृष्टिविहीन संरक्षण केन्द्र नेपाल संस्थाले सन्चालन गरेका बालगृहबाट पाँच जना वाल वालिकालाई उद्दार गरेको हो । संस्थाले बालगृह सञ्चाल गर्दा पु¥याउनु पर्ने आवश्यक मापदण्ड नपु¥याइ र अनुमति नै नलिइ सन्चालन गरेको भन्दै समितिले पाँच जना वालवालिकालाई उद्दार गरेको हो ।
balbikवालगृह अनुगमन समितिका अध्यक्ष जिल्ला प्रशाशन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माको नेतृत्वमा गएको टोलीले मंगलबार वालवालिकालाई उद्दार गरेका हुन् । वालगृहमा वाजुरा जिल्लाका नौ वर्षिय महेश बोहोरा, धादिङ जिल्ला सेमजोङ गाविसका सात वर्षिय बरदान तामाङ, बाग्लुङ्ग जिल्लाका आशिषराज ओझा, उनका भाई आयुसराज ओझा र मकवानपुर जिल्ला भैसे गाविसका आठ वर्षिया आशा वललाई उद्दार गरेको हो ।
उनिहरुलाई अहिले तत्कालका लागि सिविन नेपालमा राखिने बाल गृह अनुगमन समितिका सदस्य सचिव तथा जिल्ला वालकल्याण समितिका वाल अधिकार अधिृत भरतराज बरालले जानकारी दिए । वालगृहमा रहेका पदाधिकारीहरुवीच एक आपसमा विवाद भई वालवालिकाहरु जोखिममा रहेको र वालगृहमा पु¥याउने मापदण्ड नपुगेको भन्ने जिल्ला वाल कल्लायण समितिमा मौखिक उजुरी आएकोले समितिले अनुगमन गरेका थियो ।

कमेन्टहरु
Loading...