काठमाडौँ, ९ असार /चैतमा राष्ट्रिय परीक्षा बोर्डले लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज हुदैछ । एसईई नतिजा हेर्न विभिन्न तरिकाले हेर्न सकिन्छ ।
१. एनसेलमा एसएमएस र एपबाट
आफ्नो सिम्बोल नम्बर लेखि १६०० मा एसएमएस गर्ने । प्रत्येक एसएमएसको ५ रुपैया लाग्ने छ । एनसेल एपबाट एसईई नतिजा निःशुल्क हेर्न सकिन्छ ।
२. नेपाल टेलिकमको आइभिआर सेवाबाट
नेपाल टेलिकमका सबै टेलिफोन र मोवाइल फोनबाट १६०० मा आफ्नो सिम्बोल नम्बर डायल गरि एसईई नतिजा सुन्ने ।
३. विभिन्न बेवसाइटबाट एसईई नतिजा
नतिजाका लागि http://see.ntc.net.np, http://result.soce.gov.np परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बाेर्डले जनाएको छ। त्यस्तै शिक्षा मन्त्रालयको http://doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरकाे http://doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरकाे http://neb.gov.np र एनसेल प्रा. लि.काे http://ncell.axiata.com मा गएर पनि परीक्षाकाे नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ ।