वडा नं.१३ मा बस्ताकोटीको शोकसभा

साउन २९,पोखरा/नेपाल विद्यार्थी संघ कास्कीका पूर्व छात्र विभाग प्रमुख वी.पि. यूवा नेतृत्व मञ्च कास्की तथा नेपाली काँग्रसेकी क्रियाशिल सदस्य स्वर्गीय राधीका बाँस्तकोटीको आइतबार १३ औं दिनको पूण्य तिथिमा पोखरा उपमहानगरपालिका वडा नं. १३ मा शोकसभा कार्यक्रम गरिएको छ ।
नेपाली काँग्रेस वडा नं. १३ को आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रिय सदस्य तथा कास्कीका पूर्व सभापति शुक्रराज शर्माले उनको निधनले नेपाली काँग्रेस लगायत सम्पूर्ण न्यायप्रेमी सबैलाई क्षति पु¥याएको र विरलै मात्रमा त्यस्तो सक्रिय नारी भेटिने भन्दै उनको सक्रियताको सबैले अनुसरण गर्नुपर्ने धारणा राख्दै आत्मको चिरशान्तिको कामना गरेका थिए ।
नेपाली काँगे्रस काँस्कीका सभपति यज्ञबाहदुर थापाले बस्ताकोटीको निधनले  सम्पूर्ण प्रजातन्त्र प्रेमीलाई ठूलो क्षति पुगेको बताउँदै शोक व्यक्त गरेका थिए । सो कार्यक्रममा नेपाल महिलाा संघ वडा नं.१३ का ईकाइ समितिका सभापति बिष्णु कार्की, पूर्व क्षेत्रीय सभापति पुलेन्द्रमान श्रेष्ठ, नेपाल महिला संघ केन्द्रिय पूर्व सचिव सारदा पौडेल, ने.वि.संघ कास्कीका सभापति कल्याण बाबु भण्डारी, लगायले समवेदना व्यक्त गरेका थिए भने बस्ताकोटीका भाई ठाकुर प्रसाद बस्ताकोटीले राधिका बस्ताकोेटीको जीवनीको बारेमा चर्चा गरेका थिए । नेपाली काँग्रेस वडा ईकाइ समिति १३ का कार्यवाह्क सभापति सरदकान्त सिग्देलको सभापतित्वमा सम्पन्न सो शोक सभाको संचालन सचिव भिमकाजी गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...