प्रदेश ४ को बजेट २४ अर्ब २ करोड ३३ लाख (कुन क्षेत्रलाई कति सहित )

सागर राज तिमिल्सिना
पोखरा, १ असार /प्रदेश ४ सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि २४ अर्ब २ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । २४ अर्ब २ करोडको बजेटमा ६६ प्रतिशत पुँजीगत र ३० देखि ४० प्रतिशत पूर्वाधार निर्माणमा प्रदेश ४ को सरकारले आउँदो आर्थिक वर्षका लािग २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

सरकारले पुँजीगतर्फ १५ अर्ब ९० करोड ७८ लाख र अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि १ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ । चालु खर्चका लागि ६ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएको बजेटले स्थानीय सरकार सगँ पनि हातेमालो गरेर अगाडी बढ्ने उल्लेख गरेको छ ।

बजेटमा उद्योग क्षेत्रका लागि ५० करोड, पर्यटनमा ५५ करोड, होमस्टे पुर्वाधार ३० कार्यक्रम, कृषि तथा पशुपालनमा १ अर्व ४० करोड, खानेपानीका लागि ५२ करोड, सडक निर्माणका लागि ३ अर्व २० करोड, सिचाईका लागि ६३ करोड, शिक्षामा ५६ करोड, स्वास्थ्यका १ अर्ब ६५ करोड विनीयोजन गरेको छ ।

त्यसै गरि स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखी २ अर्ब ६ करोड ६५ लाख, एक निर्वाचन क्षेत्र एक स्तरीय सडक कार्यक्रम अन्तर्गत प्रदेशका छत्तीस निर्वाचन क्षेत्रका लागि २ करोड १० लाखका दरले जम्मा ७५ करोड ६० लाख, स्थानीय तहसँगको सहलगानीमा कार्यक्रममा १ अर्ब १२ करोड, मोटरेवल पुल निर्माण गर्न ५१ करोड ८५ लाख, झोलुङ्गे पुलको निर्माण गर्न ६ करोड २७ लाख, आगामी दुई भित्र विद्युती करण गर्नका लागि ३८ करोड, फेवातालको पूर्वाधार विकास र सौन्दर्यकरण ८ करोड प्रदेश सरकारले विनीयोजन गरेको छ ।

आर्थिक बर्ष २०७५।७६ को बजेट तथा  कार्यक्रममा संक्षिप्त विवरण

कुल विनियोजन रकमः २४ अर्ब २ करोड ३३ लाख

कुल विनियोजन रू. २४ अर्ब २ करोड ३३ लाख

  • चालुतर्फ रू. ६ अर्व ९१ करोड ५५ लाखः २९ प्रतिशत
  •  पूँजीगततर्फ रू १५ अर्ब  ९० करोड ७८ लाखः ६६ प्रतिशत
  • वित्तीय हस्तान्तरणकाः१ अर्व २० करोडः (समानीकरण १ अर्ब, समपुरक रु१० करोड,  बिशेषः१० करोड) ५ प्रतिशत

क्षेत्रगतरूपमा बजेट विनियोजनः

१.         उद्योग क्षेत्रका  लागि  रू. ५० करोड

२.         पर्यटन ५५ करोड

३.         होमस्टे पुर्वाधार ३० कार्यक्रम

४.         कृषि तथा  पशुः१ अर्व ४० करोड

५.         खानेपानी ५२ करोड

६.         सडकः ३ अर्व २० करोड

७.         सिचाईः ६३ करोड

८.         शिक्षाः ५६ करोड

स्वास्थ्य १ अर्ब ६५  करोड

प्रमुख कार्यक्रमः

९.      स्थानीय तहको प्रत्येक वडा केन्द्रलाई पालिकाको केन्द्रसँग र पालिकाको केन्द्रलाई सडक सञ्जाललाई उच्च प्राथमिकतामा राखी रू. २ अर्ब ६ करोड ६५ लाख

१०.       एक निर्वाचन क्षेत्र एक स्तरीय सडक कार्यक्रम  अन्तर्गत प्रदेशका छत्तीस निर्वाचन क्षेत्रका लागि रू. २ करोड १० लाखका दरले जम्मा रू. ७५ करोड ६० लाख

११.  स्थानीय तहसँगको सहलगानीमा कार्यक्रममा रू. १ अर्ब १२ करोड ।

१२.  मोटरेवल पुल निर्माण गर्न रू. ५१ करोड ८५ लाख

१३.  झोलुङ्गे पुलको निर्माण गर्न रू. ६ करोड २७ लाख

१४.  आगामी दुई वर्षभित्र विद्युतको नपुगेका विजुली रू. ३८ करोड ।

१५.  पाँच वर्षभित्र स्टिल पोलद्वारा प्रतिस्थापन गर्न रू. ५ करोड ।

१६.  तटवन्धन निर्माण तटवन्धन निर्माण रू. २५ करोड ९५ लाख ।

१७.  तीनसय गाउँलाई नमूना पर्यटकीय गाउ रू. ३० करोड ।

१८.  फेवातालको  पूर्वाधार विकास र सौन्दर्यकरण रू. ८ करोड

१९.  सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी देशका पर्यटक आकर्षण वर्ष र सन् २०२२ लाई प्रदेश पर्यटनका             रूपमा मनाउने ।

२०.              मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ  रू. १० करोड ८० लाख

२१.              एकवडा एकनमूना व्यवसायिक कृषि तथा पशु विकास कार्यक्रम र एकपालिका एकउत्पादन कार्यक्रम ।

२२.              बाली,  पशुपंक्षी र मत्स्यका व्यवसायिक मोडेल फर्म सञ्चालन वित्तीय उत्प्रेरणाका कार्यक्रम सञ्‍चालन गर्न रू. ४० करोड।

२३.              एक स्थानीय तह एक शीतभण्डार रू. २६ करोड ५० लाख

२४.              कृषि उपज सङ्कलन केन्द्र स्थापना गर्न रू. १२ करोड ५० लाख ।

२५.              मूल्य श्रृङखलामा आधारित कृषि तथा पशुपालनका बिशेष कार्यक्रम रू.१२ करोड

२६.              नमूना कृषि फर्म र कृषि पाठशाला सञ्‍चालन

२७.              साना तथा मझौला सिंचाई आयोजना रू. ४ करोड ।

२८.                 साथै एकसहकारी एकनमूना उत्पादन कार्यक्रमलाई

२९.                 कार्यावन्यनयोग्य परियोजना बैंक तयारी गरी लगानी सम्मेलन,

३०.                 एक स्थानीय तह, एक औद्योगिक ग्रामको स्थापना रू. १२ करोड

३१.              सामुदायिक विद्यालय शौचालय, खानेपानी ट्याङकी रू. ३० करोड

३२.              आवाशीय बिद्यालय निर्माण रू. १० करोड बजेट विनियोजन गरेकोछु।

३३.              संघ र स्थानीय तहसँगको सहकार्यमा प्रत्येक गाउँपालिकामा २५ शैय्या, नगरपालिकामा ५० शैय्याको अस्पताल र प्रदेश राजधानीमा १ हजार शैय्याको आधुनिक अस्पताल निर्माण रू ४२ करोड ५० लाख

३४.              क्यान्सर, मुटु र मृगौला रोगको अत्याधुनिक र सुविधा सम्पन्न विशिष्टीकृत अस्पताल स्थापना अस्पताल निर्माण गर्न रू १० करोड ।

३५.           विशिष्टीकृत प्रसूति तथा बाल अस्पताल निर्माण रू. ५ करोड।

३६.           गर्भवती तथा सुत्केरीको जटिलता व्यवस्थापनका लागि एयर लिफ्टिङ्ग सुविधा

३७.           दुई वर्षभित्र आधारभूत खानेपानीमा पहुँच पुर्‍याउन रू. ५० करोड १४ लाख

३८.              हाइ अल्टिच्युट ट्रेनिङ्ग सेन्टर निर्माण रू. १ एक करोड

३९.           अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला र गल्फकोर्स निर्माणका

४०.              आगामी पाँच वर्षभित्र प्रदेशका सार्वजनिक सेवालाई विद्युतीय प्रणालीमार्फत सञ्चालन गर्न विद्युतीय सुशासन गुरूयोजना तयार

४१.              प्रदेश तालिम प्रतिष्ठान स्थापना गर्न रू. २ करोड बजेट व्यवस्था मिलाएकोछु।

२ खर्च ब्यहोर्ने स्रोतः                  

  • समानीकरण अनुदान रू. ६ अर्ब ७७ करोड ६७ लाख
  • सशर्त अनुदान रू ६ अर्ब ५० करोड १९ लाख,
  • राजस्व बाँडफाँटबाट प्राप्त हुने रू.६ अर्ब ५७ करोड ६० लाख,
  • समपुरक अनुदान रू ७१ करोड ४२ लाख,
  • बिशेष अनुदान रू.३५ करोड ५० लाख र
  • आन्तरिक राजस्वबाट प्राप्त रू. १ अर्ब ६९ करोड ९५लाख
  • रू. १ अर्ब ४० करोड न्यून
  • गत आर्थिक बर्षको नगद मौज्दात रू. ६० करोड
  • आन्तरिक ऋणबाट व्यहोरिने ८० करोड

प्रदेश नम्बर ४ को बजेट भाषण

प्रदेश नम्बर ४ को बजेट भाषण#AP1HDLIVE

Posted by AP1 HD Sports on Friday, June 15, 2018

कमेन्टहरु
Loading...