पोखरा व्याटलफिल्ड फुटसल कप हुने

पोखरा, २७ साउन/पोखरामा पहिलोपटक फुटसल र पेण्टबल खेल भित्राएको पोखरा ब्याटलफिल्ड प्रालिले आप्mनो उद्घाटनसँगै ‘प्रथम पोखरा व्याटलफिल्ड फुटसल कप–२०७०’ आयोजना गर्ने भएको छ । प्रालिको औपचारिक उद्घाटन नहुँदै पोखरेली खेलप्रेमी फुटसल अर्थात् इण्डोर फुटबल र पेण्टबलको नौलो स्वादमा रमाउने गरेका छन् । 
IMG_4859प्रालिको साउन मसान्तमा एक समारोहबीच भव्य समारोहको आयोजना गरी प्रालिको उद्घाटन अवसरमा प्रथम पोखरा व्याटलफिल्ड फुटसल कप–२०७०’ गरिने प्रालि अध्यक्ष गुप्त लामाले बताए । पोखरामा पर्यटन प्रबद्र्धन र खेलप्रेमीलाई नौलो स्वाद पस्किन आवश्यक पूर्वाधारसहित प्रालि संचालनमा ५० लाख रुपैयाँ बढी लगानी गरिएको लामाले आइतबार पोखरा व्याटलफिल्डको फुटसल मैदानमै आयोजित पत्रकार सम्मेलनमा जनाए ।
उनका अनुसार साउन ३२ देखि भदौ ३ गतेसम्म सञ्चालन हुने फुटसलमा ३० टिम दर्ता भैसकेका छन् । यो संख्या संचालन हुँदासम्म अझ बढ्ने उनको अनुमान छ ।
खेल संयोजक आशिष अधिकारीले प्रतियोगिताका विजेतालाई २५ हजार तथा उपविजेतालाई १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए। फाइभ ए साइड खेलाइने प्रतियोगिता २० मिनेटको हुनेछ ।

आयोजकले खेलका लागि करिब ४५ हजार घाटा बेहोरेरै खेल संचालन गर्ने तयारीमा छ । जसमा आम्दानी १ लाख ३० हजार र खर्च करिब १ लाख ७५ हजार लाग्ने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनको अवसरमा पत्रकारहरु आपसमा पेण्टबल र फुटसल खेलेर मनोरञ्जनसँगै शारीरिक अभ्यास गरेका थिए । सामान्यता प्रालिले अन्य बेला फुटसलका लागि एउटा टिमलाई ४० मिनेट खेल्न दिदा बिहान १५ सय, दिउँसो १३ सय र साँझ १८ सय रुपैयाँ दररेट तोकेको छ ।
विश्वकप खेलेको अनुभव हुने फुटसलका लागि १५ लाखको ग्रास कार्पेट ओछ्याइएको छ । लेकसाइडको क्लब एशियाना गल्लीमा पाँच रोपनी खालीजग्गा लिजमा लिएर प्रालिले नयाँ वर्ष २०७० को सुरुवातसँगै खेल भित्राएको हो । यसअघि काठमाडौको सानेपामा पनि कल्पवृक्षनामक ब्याटलफिल्ड सुरु गरिसकिएको थियो ।
९० फिट लम्बाई र ५५ फिट चौडाइको फुटसल मैदान नेपालमै सबैभन्दा ठूलो फुटसल मैदान भएको संस्थाको दाबी छ । घामपानीको कुनै समस्या नहुने फुटसल रातिको समयमा पनि खेल्न सकिन्छ । यहाँ आवश्यक लाइटको व्यवस्था तथा पर्याप्त सुरक्षा छ । विदेशी पर्यटकसहित चिकित्सक, बुद्धिजीवी, सर्वसाधारण, खेलप्रेमी तथा विदेशीहरु नियमितमा शारीरिक अभ्यासका लागि पनि फुटसल खेल्न आउने गरेको प्रालिका अध्यक्ष गुप्त लामाले बताए । बाथरुम, लकर सेवा, सुटिङरेञ्ज, स्नुकर, रेष्टुरेण्ट, पर्याप्त पार्किङ तथा फ्रि वाइफाइ सुविधा यहाँको प्रमुख आकर्षण हो ।

कमेन्टहरु
Loading...