खादरजुङ्मा प्रवेशिका उत्तिर्ण विद्यार्थी सम्मानित

पोखरा, २७ साउन /सार्दीखौलाको खादरजुङ्मा २०६९ सालको प्रवेशिका परीक्षा उत्तिर्ण विद्यर्थीहरुलाई आईतबार सम्मान गरिएकौ छ । अन्नपूर्ण संरक्षण क्षैत्र आयौजना सार्दीखौला वडा नम्वर २ र ३ उपसमितिलै प्रसंशापत्र र शैक्षिक सामाग्री प्रदान गरी धर्मराज गुरुङ्, प्रसान गुरुङ, सिमा गुरुङ् लगायत १५ विद्यार्थीहरुलाई सम्मान गरैको हो । सम्मानित मध्य ७ प्रथम र ८ द्धितीय श्रैणीमा उत्तिर्ण भएका विद्यार्थीहरु छन् । विद्यार्थीहरुलै माछापुच्छ«ै उच्च मावि भुर्जुङ्खौलाबाट प्रवैशिका परीक्षा उत्तिर्ण गरैका हुन् । विद्यार्थी सम्मान कार्यक्रममा बौल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं समाजसैवी टैकबहादुर गुरुङ्ले प्रवेशिका परीक्षाले मूल ढोका खुला गरेकाले भविष्यमै अरु ढोका खुलाउन अझ जिम्मेवारी विद्यार्थीहरुकौ काँधमा थपिएको सुझाउनुभयो ।
कार्यक्रममा शैक्षिक सामाग्रीको व्यवस्थापन गर्ने सिल्दुदैउराली युवा क्लवका अध्यक्ष पदमबहादुर गुरुङ्, सार्दीखौला गा.वि.स. सचिव जग्गन्नाथ अधिकारी, सार्दीखौला पोखरा सम्पर्क समितिका अध्यक्ष बमबहादुर गुरुङ्, समाजसेवी कृष्णबहादुर गुरुङ् लगायतले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएकौ थियौ । कार्यक्रमकौ अध्यक्षता अन्नपूर्ण संरक्षण क्षैत्र सार्दीखाला वडा नम्वर २ र ३ उपसमितिका संयौजक तौजबहादुर गुरुङ्लै गर्नुभएकौ थियो ।

कमेन्टहरु
Loading...