सर्वहारा राज्यसत्ता मजदुर मुक्तिको पहिलो शर्त हो –‘नेता शर्मा

श्रावण २७, पोखरा/एकीकृत माओवादीका नेता जनार्दन शर्मा ‘प्रभाकरले सर्वहारा वर्गको सत्ता स्थापना नै मजदुुर मुक्तिको पहिलो शर्त भएको बताएका छन् । अखिल नेपाल ट्रेड यूनियन महासंघ, कास्कीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता शर्माले पेशागत मुद्दाको सम्बोधनले सर्वहारा वर्गको वास्तविक मुक्ति मजदुर वर्गको राज्यसत्ताको स्थापना नै भएको बताए ।
नेता शर्माले माओवादी मजदुर वर्गको अधिकार प्राप्तिका निम्ति वैचारिक युद्धमा रहेको भन्दै आफ्नो वर्गको हितप्रति सधै प्रतिवद्ध रहने दावी गरे । ‘आगामी संविधान सभामा कम्तिमा १० प्रतिशत मजदुर वर्गका प्रतिनिधिहरुको सहभागिता सुनिश्चित हुनुपर्ने नेता शर्माको भनाई थियो । सम्मेलनमा माओवादी केन्द्रीय सदस्य चन्द्रबहादुर खड्काले मजदुर आन्दोलन आफैमा सर्वहारा वर्गको आन्दोलन भएको भन्दै वर्गको विजयका निम्ति मजदुरहरु अग्रमोर्चामा डट्नुपर्नेमा जोड दिए ।
सम्मेलनको बन्द शत्रले रुद्र गौतमको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा राजेन्द्र न्यौपाने, राजेन्द्र तिमिल्सिना र नविन अधिकारी, सचिवमा भोजराज खत्री, सहसचिवमा शिब केसी र गुणराज बास्तोला, कोषाध्यक्षमा लिला जिसी र सदस्यहरुमा सूर्यमणि लामिछाने, सानबहादुर राई, सिता विक, टंकप्रसाद पौडेल, लोकबहादुर भूजेल, रमेश देउजा, रामशरण थापा, रेशम सिम्खडा, दिपेश श्रेष्ठ, रमेश सिके, जमुना गुरुङ, दुर्गा कंडेल, याम गौंडेल, गणेश विक, एकबहादुर थापामगर, विजय थापा, अनिता खत्री, धनबहादुर तामाङ, मदन जिसी, लोकेन्द्र विक र माया नेपाली रहेका छन् ।
 

कमेन्टहरु
Loading...