अनदु प्रा.वि. मा नयाँ व्यवस्थापन समिति

पोखरा, २७ साउन/कास्की जिल्लाको पुम्दी भुम्दी गा.वि.स १ अनदुमा रहेको अनदु प्रा.वी.मा अभिभावकहरुको भेलाले प्रसाद गुरुङ अध्यक्षतामा नयाँ व्यवस्थापन समिति चयन गरेको छ । समितिको सदस्यमा देउबहादुर गुरुङ,मेहवसिंह गुरुङ, अशोक गुरुङ, राम गुरुङ, दुर्गा गुरुङ, माया गुरुङ र समाया गुरुङ,रामबहादुर गुरुङ त्यसैगरी शिक्षक प्रतिनीधीहरुमा हिमलाल सुवेदी र सदस्य सचिवमा भविनाथ बराल चयन भएका छन् ।
भेलाले मनलाल गुरुङको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ । संघको सदस्यमा मोहन गुरुङ,तापेन्द्र गुरुङ,प्रेमबहादुर गुरुङ,कुम्भसिंह गुरुङ,विपीन गुरुङ,डोल्मा गुरुङ,मुना गुरुङ,शान्ति गुरुङ र सदस्य सचिवमा सिता अधिकारी चयन भएका छन् ।
भेलामा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रसाद गुरुङले आफ्नो कार्यकलमा भइ थरीएका कामको विवरण सुनाउदै नवगठित समितिका साथीलाई विद्यालयको हितमा काम गर्न आग्रह गरेका थिए भने प्रध्यानाध्यापक भविनाथ बरालले विद्यालयको गथिविधीमा प्रकाश पारेका थिए ।
 

कमेन्टहरु
Loading...