ट्रम्प–किमको सिंगापुर शिखर वार्ताको सुरक्षाको जिम्मा खुकुरी सहितका गोर्खालीलाई !

पोखरा, २२ जेठ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच जेठको अन्तिम साता सिंगापुरमा हुने भनिएको शिखर वार्ताको सुरक्षाको जिम्मा ‘गोर्खाली’ले पाउने भएका छन् । दुबै नेताहरु बस्ने होटल, शिखर वार्ता स्थल,सडकलगायतका ठाउँको सुरक्षाको जिम्मा गोर्खाली फौज भएको गोर्खा कन्टिनेण्टलाई दिइएको एक कुटनीतिज्ञले जानकारी दिएका छन् ।

ट्रम्प–किमको सिंगापुर शिखर वार्ताको सुरक्षाको जिम्मा खुकुरी सहितका गोर्खालीलाई !
ट्रम्प–किमको सिंगापुर शिखर वार्ताको सुरक्षाको जिम्मा खुकुरी सहितका गोर्खालीलाई !

रोयटर्सका अनुसार बेल्जियममा बनेको एसल्ट राइफल र पेस्तोल र खुकुरीसहित गोर्खा कन्टिनेण्टमा रहेका गोर्खालीहरुले सम्मेलनस्थलको सुरक्षा गर्नेछन् । ‘उनीहरु ( गोर्खाली) सिंगापुरकोतर्फबाट दिइने सुरक्षाको लागि उत्कृष्ट हुन्, र मलाई विश्वास छ उनीहरु सुरक्षामा संलग्न हुनेछन्’, सिंगापुरको रक्षा मन्त्रालयबारे जानकार इन्टरनेसलन इन्ष्टिच्यूट फर स्टाट्रेजिक स्टडिज(आइआइएसएस) का टिम हक्सलेले भने,‘ गोर्खालीहरु अग्रपंक्तिको सुरक्षामा अब्बल छन् अनि गोर्खालीहरु स्पेसल अपरेसनको लागि पोख्त छन्, यस्तो कार्यक्रममा उनीहरु नै उपर्युक्त हुन् ।’

यद्यपी, सिंगापुर प्रहरीका प्रवक्ताले भने सुरक्षाको लागि गोर्खाली खटाइने/नखटाइने र उनीहरुको संख्याबारे केही बताएनन् । अहिले सिंगापुर पुलिसको ६ वटा प्यारामिलिटरी कम्पनीमा करिब १ हजार ८ सयजति गोर्खाली कार्यरत छन् । सामान्यतया चर्चामा नआउने गोर्खालीहरुले केही समय अगाडि स्रांग्रिला होटलमा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी रक्षामन्त्री जिम म्याटिस् सम्मिलित सम्मेलनको क्रममा पनि सुरक्षा प्रदान गरेका थिए ।

हक्सलेका अनुसार गोर्खालीहरुले विभिन्न कालखण्डमा आफूलाई अब्बल साबित गरेका छन् । विभिन्न जातजाति भएको सिंगापुरमा गोर्खा फौजलाई तथस्ट फोर्स मानिन्छ । क्षेत्रीय असन्तुल भएको बेला उनीहरुले नै सिंगापुरका विद्यालयको सुरक्षाको जिम्मा लिन्छन् भने मलेसिया–सिंगापुरको सीमामा पनि गोर्खाली नै देखिन्छन् । सिंगापुर पुलिसको वेभसाइटमा गोर्खालीलाई ‘खतरनाक,चतुर अनि बफादार’भनेर चिनाइएको छ । सिंगापृुर पुलिसमा संलग्न गोर्खालीहरु सहरको बाहिर रहेको माउण्ट भर्नोन क्याम्पमा बस्ने गर्छन् ।
तस्बिरहरुः गुगलबाट

कमेन्टहरु
Loading...