नेपाली डाक्टरहरु अफ्रिकामा

काठमाडौ, २६ साउन/स्वास्थ्यमन्त्री राजेन्द्र महतोले एउटै मन्त्रालयमा दुई सचिव नियुक्त गरेपछि उत्पन्न झगडाका कारण राजीनामा दिएकी तत्कालीन सचिव सुधा शर्मा यतिखेर तान्जानियाको दारेसलाममा युनिसेफ जागिरे छिन् । उनका चिकित्सक पति विजय पनि स्थानीय टिएमजे अस्पतालमा चिकित्सक छन् । ६२ वर्षीय शर्मा वीर अस्पतालका पूर्व चिकित्सक पनि हुन् । यी चिकित्सक दम्पति प्रतिनिधि पात्रमात्र हुन् ।
पछिल्लो समय अवसरको खोजीमा अफ्रिकी मुलुक पुग्ने नेपाली चिकित्सकको संख्या करिव अहिले १ सय भन्दा बढि रहेको अनुमान छ । शर्माका अनुसार काम गर्ने वातावरण, पाएको अबसर र राम्रो कमाईका कारण अफिकि मुलक तिर डाक्टरहरु धाउन थालेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
अँध्यारो महादेशका रुपमा चिनिने अफ्रिका नेपाली चिकित्सकहरु स्वास्थ्य सेवाको उज्यालो फैलाउँदै रहेका छन् । स्वास्थ मन्त्रालयकै अर्का चिकित्सक विन्देश्वरप्रसाद यादव अर्को उदाहरण हुन् । जो, दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा ४ वर्षदेखि मेडिकल जागिरे छन्, बढुवामा भएको अन्याय सहन नसकेर राजीनामा दिइ अफिका पुगेका हुन् ।
 

कमेन्टहरु
Loading...