यातायात पत्रकारीता पुरस्कारबाट सुवेदी सम्मानित

पोखरा, २५ साउन/पोखरा बस ब्वसायी समितिले स्थापना गरेको सडक यातायात ब्यवसायीक पत्रकारीता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी सम्मानित भएका छन् । पोखरा बस ब्यवासयी समितिको २१ औ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार सुवेदीलाई सम्मान गरिएको हो । पुरस्कारको राशी नगद दश हजार, सम्मानपत्र र दोसल्ला रहेको छ ।
ggggggggनेपाल यातायात राष्ट्रिय ब्यवसायी महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले सुवेदीलाई सम्मान गरे । यातायातका संघ सस्था, मजदुर तथा आम उपभोक्तामा सु–सुचित सचेत एवं जिम्मेवार बनाउन विभिन्न सञ्चार माध्यम मार्फत योगनदा पुयाएको भन्दै उनलाई पुस्कारद्धार सम्मान गरिएको समितिले जनाएको छ ।
याङजाको पुतली बजार नगरपालिका वडा नं. १० स्थायी घर भएका सुवेदी विगत १० वर्षदेखि निरन्तर रुपमा पोखरामा रहेर पत्रकारिता गर्दै आएका छन् । सम्मान कार्यक्रममा सम्मानित ब्यक्तित्वको बारेमा र छनोट प्रक्रियाबारे प्रतिभा छनोट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिकले जानकारी दिए । सम्मानित पत्रकार सुवेदीले पुरस्कारले आँफुलाई थप जिम्मेबारी बोध गराउदै पत्रकारीतमा लाग्न हौसला प्रदान गरेको वताए ।
सुवेदी हाल रेडियो बाराही, सौर्य दैनिक र पोखराको स्थानीय टेलिभिजन गोल्डेन आई टेलिभिजनमा कार्यरत रहेका छन् । कार्यक्रममा समितिमा कार्यरत कर्मचारी, मजदुर र ब्यवासायीका जेहेन्दार छात्रछात्रा तथा समितिमा कार्यरत दक्ष, लगनशील, अनुशासित चालक र परिचाल पुरस्कार तथा सम्मान गरिएको थियो । भने पुम्दीभुम्दी सडक उपभोक्ता समितिका अध्यक्ष देउकाजी गुरुङलाई पनि सम्मान गरिएको थियो ।
साधारणसभामा नेपाल यातायात राष्ट्रिय ब्यवसायी महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, काँग्रेस कास्कीका सभापति यज्ञ बहादुर थापा, नेकपा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसी, गण्डकी धौलागिरी अञ्चल यातायात समन्वय समितिका अध्यक्ष बसन्त प्रधान, महासंघ गण्डकीका सहसंयोजक महाप्रसाद सुवेदी, पोखराका अध्यक्ष नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिक, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिबबहादुर कोइराला, लेखनाथ उद्योग वाणिज्य संघका महासचिव बाबुराम गिरी, समितिका वरिष्ठ उपाध्यक्ष चिजकाजी गुरुङ, नेपाल यातायात स्वतन्त्र मदजुर संगठनका कास्कीका अध्यक्ष विष्णु खत्री, अखिल नेपाल यातायात मजनुर संघका अध्यक्ष सुर्यमणी लामिछाने, नेपाल यातायात मजदुर संघका अध्यक्ष जितबहादुर गुरुङ लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...