मोदी गाउँपालिकाको केन्द्र सर्न प्रदेश ४ मन्त्रिपरिषद्को सिफारिस

पोखरा, १० जेठ/प्रदेश ४ को मन्त्रिपरिषद्ले पर्वतको मोदी गाउँपालिकाको केन्द्र सार्ने प्रस्ताबलाई पास गर्दै संघिय सरकारलाई सिफारी गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मोदी गाउँपालिकाको केन्द्र साविक देउपुर गाविस कार्यालय भवन रहेको ठाउँबाट पातीचौर बजारमा सार्न सिफारिस गरेको सरकारका प्रवत्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

गाउँपालिकाको कार्यपालिकाबाट बहुमतले केन्द्र सार्न प्रदेश सरकारलाई सिफारिस गरेको थियो । त्यसै गरी मन्त्रिपरिषद्को बैठकले प्रादेशिक दुग्ध विकास बोर्ड गठन सम्बन्धी विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि ऐन संशोधनको प्रस्ताव प्रदेश सभामा लैजाने निर्णय गरेको छ ।

कमेन्टहरु
Loading...