अखण्ड नेपाल अर्मला गाउँ अधिवेशन सम्पन्न

पोखरा, साउन २५/अखण्ड नेपाल पार्टी कास्की क्षेत्र नम्बर २ अर्मला गाविसको प्रथम गाँउ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रण बहादुर थापाको अध्यक्षतामा १५ सदसस्यीय नयाँ कार्य समिती सर्व सम्मत चयन गरेको छ । समितीको महिला उपाध्यक्षमा धना कार्की, कृष्ण बहादुर क्षेत्री, कोषध्यक्षमा कर्ण बहादुर विक सचिवमा कृष्ण बहादुर अधिकारी, र सहसचिवमा लोकेन्द्र गिरी चयन गरिएको छ ।
समितीको अन्य सदस्यहरुमा क्रमशः दिल प्रसाद जैसी, इच्छा विक, तोरण बहादुर नेपाली, जौमाया थापा, वुद्धि बहादुर जिसी, ज्ञान बहादुर परियार, खिम बहादुर गुरुङ्ग, सरु बानियाँ र मोहन गुरुङ्गलाई चयन गरिएको छ । यसअघि अधिवेशनको उदघाटन गर्दे अखण्ड नेपालका केन्द्रिय उपाध्यक्ष पुष्पा केसी भण्डारीले राज्यले गरेको विभेदकारी निती लिएको आरोप लगाएकी थिइन् ।
उनले कुर्चीका लागि नभै सच्चा मनले राष्ट्रलाई बचाई नेपाली हौ भन्ने अनुभुती गराउन लागि परेको बताइन् । अखण्ड नेपाल कास्की क्षेत्र नम्बर २ का संयोजक दान बहादुर बस्नेतको अध्यक्षतामा भएको अधिवेशनमा जिल्ला उपाध्यक्ष दिल बहादुर अधिकारी, गोमा रायमाझीले समेत देशको बर्तमान अवस्था र अखण्ड नेपालको निती तथा भावी कार्यक्रमको बारेका प्रष्ट परेका थिए ।

कमेन्टहरु
Loading...