१९ औँ आदिवासी जनजाति दिवसको अवसरमा सरसफाइ

पोखरा, २५ साउन/१९ औँ आदिवासी जनजाति दिवसको अवसरमा नेपाली काँग्रेसको भातृ सङ्गठन आदिवासी जनजाति संघ कास्कीले आज पोखरामा सरसफाई गरेको छ । जिरोकिलोमिटरमा रहेको पार्कमा आयोजित कार्यक्रममा आदिवासी जनजाति संघका केन्द्रिय सदस्य ईन्द्रबहादुर गुरुङले शहिद योगेन्द्रमान शेरचनलाई खादा लगाएर उद्घाटन गरे थिए ।
गुरुङले आदिवासी जनजातिहरुको हक अधिकारको बारेमा जानकारी दिदैँ आफ्नो अधिकारको सुरक्षा आफै गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति यज्ञबहादुर थापा, काँग्रेस क्षेत्र नं. ३ महाधिवेशन प्रतिनिधि गंगा के.सी, उपसंयोजक जीतबहादुर गुुरुङ लगायतले जनजातीका अधिकारका बारेमा चर्चा गरेका थिए ।
करिब २ सय जनाको सहभागीता रहेको कार्यक्रममा पार्क वरिपरि सरसफाई गरि २ ट्रक ट्रयाक्टर फोहोर संकलन गरिएको थियो । सोही अवसरमा पार्कभित्र पिपल र बरका बोटसँगै फुलका विरुवा रापिएको थियो । आदिवासी जनजाति संघ कास्कीका अध्यक्ष अशोक भट्टचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आशबहादुर गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...