दृष्टिविहिन विद्यार्थीहरुलाई ब्रेल शैक्षिक सामाग्री वितरण

पोखरा, २५ साउन/अपाङ्गता स्वाबलम्बन विकास संघ नेपाल डिडाले आज एक कार्यक्रमकाबीच विभिन्न विद्यालयका दृष्टिविहिन विद्यार्थीहरुलाई ब्रेल शैक्षिक सामाग्री वितरण गरेको छ । साथी नेपालको आर्थिक सहयोगमा भएको कार्यक्रममा जनप्रकाश उच्च मावि, कुँडहर प्रावि, अमरसिंह उच्च माविका दृष्टिविहिन विद्यार्थीहरुलाई १ लाख ५० हजार बराबरको ब्रेल शैक्षिक सामाग्री वितरण गरेको हो ।
सोही अवसरमा जनप्रकाश उच्च माविको छात्रावासलाई किचन सामाग्री पनि वितरण गरिएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईटेलले डिडा नेपालले गरेको कार्यक्रम ज्यादै प्रशंसनिय भएको बताउँदै ब्रेल कापी तथा पाठ्य पुस्तकको राम्रो सदुपयोग गरि दृष्टिविहिन विद्यार्थीको शिक्षामा सहयोग पुग्ने आशा व्यक्त गरे ।
कार्यक्रममा साथी नेपालका उपाध्यक्ष बिनु गुरुङ, समाजसेवी गणेश बहादुर भट्टराई, करुणा मानन्धर, अमरसिंह उच्च माविका प्रधानाध्यापक नवराज पौडेल, आई.एल सोसाईटीका सचिव हेमबहादुर गुरुङ, महासचिव डण्डपाणी ढकाल लगायतले सहयोगको बारेमा जानकारी दिएका थिए । अपाङ्गता स्वाबलम्बन विकास संघ नेपाल डिडाका अध्यक्ष गिरीधारी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यसमिति सदस्य दुर्गामाया तिमिल्सिनाले गरेका थिए ।

कमेन्टहरु
Loading...