पोखरा, ८ जेठ /करिब तीन वर्ष अगाडी पोखरामा भएका दुई हत्या काण्डले पोखरामा मात्रै हैन नेपाल भरिनै सनसन बतायो । नेपाली काग्रेसका नेता रामजी पौडेल बादल हत्या काण्ड र नायिका योरुना पुन नेहा हत्या काण्डले पोखरामा मात्रै हैन नेपालभर सबैको ध्यान तान्यो ।
मगर चलचित्रकी नायिका रहेकी पुनको हत्या पछि काठमाडौमा नेपालीका चर्चित नायिकाहरु पनि सडकमा ओलेर विरोद प्रर्दशन गरे । यी दुबै घटनाक्रम हुदाँ कास्कीमा प्रहरी प्रमुखका रुपमा हरिबहादुर पाल थिए । उनकै कुसल नेतृत्वमा घटनाको छानवीन भयो ।
दुई घटनामा कास्की प्रहरीले अनुसन्धान गरी अभियुक्तहरुलाई मुद्धा दायर गर्यो । प्रहरीले अभियुक्त ठहर गरेकालाई नै दोषी ठहर गरी कास्की जिल्ला अदालतले जेल चलानको आदेश दिएको छ । त्यस बेलका एसपी हरिबहादुर पालले गरेको कुशल अनुसन्धानको परिणामले नै दुबै घटनाका अपराधीहरु उम्कन नपाएको एक प्रहरी अधिकृत बताउ छन् ।

‘हामीले गरेको अनुसन्धानले साथकता पायो,’ प्रहरी बरिष्ठ उपरिक्षक हरी बहादुर पालले भने ‘धेरै नै खुसी लागेको छ, बादल हत्या काण्डका अभियुक्तलाई भारतबाट ल्याएका थियो ।’ उनले भारतमा पुगेर लुकेका अपराधीलाई छोटो समयमा खोजी गरेर ल्याउन हामीले धेरै मिहिनेत गरेका थियो ।
काँग्रेस नेता बादलको हत्यामा संलग्न ६ जनालाई एसपी पालकै कमाण्डमा समातिएको थियो । २०७२ सालमा भएको घटनाको यही जेठ ६ गते कास्की जिल्ला अदालतले बादलको हत्यामा संलग्न ६ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
अदालतबाट जन्मकैद सजाय पाउनेमा साविक लेखनाथ नगरपालिका वडा नं १२का तरुण दलका उपाध्यक्ष राउटे भन्ने विश्वास गौतम र उनका साथीहरु विभिन्न ठाउं वस्ने राजु रानाभाट, प्रकाश गुरुङ, वले भन्ने अशोक गुरुङ, रविन केसि र सन्दीप गुरुङ रहेका छन् ।
२०७२ साल साउन २८ गते राती कांग्रेसका कार्यकर्ताद्वारा आफ्नै पार्टीका नेता वादलको जघन्य हत्या गरेका थिए । हत्या पछि मृतक पौडेलका दाजु राममणी पौडेलले जिल्ला प्रहरी कार्यालयमा दिएको किटानी जाहेरी दिएका थिए ।
सो हत्याकाण्ड घटाउने मुख्य अभियुक्त राउटे भन्ने विश्वास गौतम समेतका सातजनालाई अभियोग मागदावी वमोजिम जन्म कैद र निजहरुलाई घटना पछि भगाउन लुकाउन सहयोग गर्ने भरत पौडेल समेतलाई एक वर्ष कैद सजाय हुने गरी आईतवार कास्की जिल्ला अदालतले उक्त फैसला सुनाएको हो ।
साविक लेखनाथ नगरपालिका वडा नं १३ तल्लो गगनगौडा निवासी नेपाली कांग्रेसका युवा नेता वादल आफनै पार्टिका कार्यकर्ता नारायणहरी तिवारी र विश्वास गौतमका विचमा अघिल्लो दिन साउन २७ गते भएको विवाद मिलाउन भनि कांग्रेस कार्यकर्ता वुद्धिमान गुरुङको लेखनाथ गगनगौंडा स्थित घरमा केही व्यक्ति समेत संग छलफलमा बसेका थिए ।
२०७२ माघ १८ गते राति भएको नेहा हत्यामा संलग्न अभियुक्त सतीश भन्ने किर्तन खड्गीलाई पनि पालकै कमाण्डमा अनुसन्धान गरी पक्राउ गरिएको थियो । नेहा हत्या काण्डमा बैशाख १६ गते हत्यामा संलग्न सतीशलाई जिल्ला अदालत कास्कीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
सतिशलाई कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैद र बलात्कारमा ५ वर्ष कैदको फैसला अदालतले सुनाएको छ । पाललाई दुई घटनामा अनुसन्धानमा सई रामबहादुर अधिकारीले सघाएका थिए ।