विज्ञानको विकास गर्न नास्टले पायो दिव्य ज्ञान- नारा लगाएपछि हुने रैछ सबैले जान

नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्र सँधै उपेक्षित रहँदै आएको छ। गठबन्धन सरकार बनाउँदा अरु मन्त्रालयको लागि हानाथा हुन्छ, तर विज्ञान मन्त्रालयमा कसैको ध्यान जाँदैन। कुकुरलाई हड्डी फाले जस्तै मन्त्री हुन चाहनेलाई पदका लागि पद दिने हिसाबले यसमा मन्त्री बनाइन्छ। विज्ञान तथा प्रविधिको विकास हेर्ने जिम्मा पाएको विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट- पहिलेको रोनास्ट) को हालत पनि त्यस्तै छ। यो क्षेत्रका लागि बजेटै कम छुट्याइन्छ। यही कम बजेटबाटै विज्ञानको विकास गर्ने एउटा गजबको दिव्य ज्ञान रोनास्टले पाएको छ। सरकारी मुखपत्र गोरखापत्रको पहिलो पेजको महँगो ठाउँमा विज्ञापन छापेर नास्टले विज्ञान दिवसको नारा खोज्न सबैलाई आह्वान गरेको छ।
सित्तैमा हैन, नारा खोजिदिएवापत् तपाईँलाई पुरस्कार पनि दिने रे। गैँडा हैन हात्ती, १० वटा हात्ती ! पूरै दस हजार !
लौ अब नेपालमा विज्ञान दिवस मनाउँदै विज्ञानको विकास गर्न तपाईँले पनि योगदान दिने कि ? तपाईँको योगदानलाई नेपालको विज्ञानले सुनौलो अक्षरमा पो लेखिदिन्छ कि !
तपाईँलाई यसो रमाइलो रमाइलो नारा सुझेको भए तल कमेन्टमा पोस्ट गर्दिम् है। यहाँ राखेकोले रुपियाँ पुरस्कार त हैन, लाइक पुरस्कार चाहिँ पक्कै पाउनेछ।
NAST
[स्पष्टिकरणः यहाँ यो विज्ञापन राख्न नास्टले सुको पैसा देको छैन मलाई। नारा लगाएर विज्ञानको विकास गर्ने महान अवसरमा तपाईँहरुको पनि सहभागिता होस् भनेर पो यहाँ राखेको। ] cp. mysansar.com

कमेन्टहरु
Loading...