पोखरा, ३ जेठ /प्रदेश चार को बर्षे अधिबेसन जेठ १६ गतेबाट बन्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको बैठक जेठ १६ गतेका लागि डाक्न प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष सिफारीस गरेको छ । बजेट अधिबेशनका रुपमा मानिने सो अबिधेसन छिट्टै गर्नु पर्ने भएपछि मन्त्रिपरिषदले सो गरेको हो ।
बैठकले २० अर्वको सिलिङ तोकेर बजेट निर्माणलाई अगाडी बढाएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए । सरकारले सशर्त अनुदान र विशेष अनुदान बाहेक सरकाले २० अर्वको बजेट तयार पार्ने उनले बताए ।
यसैगरी बैठकले कास्कीको माछापुच्छे« गाउँपालिकाको वडा सीमाना हेरफेर गर्ने विषयमा पनि संघीय मामिला मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ । साविकको ल्वाङ घलेल गाविसका १ देखि ४ सम्मका वडालाई गाउँपालिकाको वडा नम्बर ८ र ५ देखि ९ सम्मका वडाहरुलाई गाउँपालिकाको वडा नम्बर ९ मा राख्नुपर्ने सुझाव सहित संघीय मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको मन्त्री बन्नेतको भनाई थियो ।
यसै गरी गोरर्खाको धार्चे गाउँपालिकाको केन्द्र माछाखोलामा सार्न पनि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको उनले जानकारी दिए । यस अगाडि बिभिन्न गाउँपालिकाको विवादित केन्द्रको समस्या समाधान गर्न मन्त्रिपरिषदको तेश्रो बैठकले भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतसहितको दुई सदस्यिय कार्यदल समेत गठन गरेको थियो ।
सरकारले प्रदेश खोप ऐन २०७५’ विधेयक बनाउने सैद्धान्तिक सहमति दिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल संयोजक रहेको प्राकृतिक स्रोत साधनको दोहन रोक्न गठित समितिले प्रतिवेदन पनि मन्त्रिपरिषद बैठकमा पेश गरेको छ । सो प्रतिवेदनलाई कार्यान्वयन गर्न कार्यबिधी बनाई काम गर्न सोहि समितीलाई जिम्मेवारी दिएको छ ।