बीर अस्पतालको सरसफाई गर्न धुर्मुशलाई मुक्तिनाथको १ लाख सहयोग

पोखरा, १ जेठ/विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रुपमा सहभागीता जनाउँदै आएको मुक्तिनाथ विकास बैंकले बीर अस्पतालको सफाई अभियानका लागि १ लाख रुपैया सहयोग गरेको छ ।

सहयोग रकम धुर्मुश सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुश) लाई बैंकका संचालक समितिका अध्यक्ष खिम प्रकाश मल्लले प्रदान गरे ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको पदस्थापन कार्यक्रमको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको पुरानो वीर अस्पतालको सरसफाईका लागि सहयोग गरेको बैंकले जनाएको छ ।

कमेन्टहरु
Loading...