गरिमा विकास बैंकको गरिमा रेमिट सुरु

पोखरा, १ जेठ /गरिमा विकास बैंक लिमिटेडले आज देखि गरिमा रेमिट सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरे । सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले विकास बैंकले ग्राहकहरुलाई प्रदानगर्ने सेवाहरुमा विविधि करण गर्दै जाने क्रममा गरिमा रेमिट जस्तो महत्वपूर्ण प्रोडक्ट सञ्चालनमा ल्याईएको बताए ।

उनले रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बताए ।

बैंकका प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बर्तमान प्रतिश्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै गरिमा विकास बैंकले गरिमा रेमिटनाम सञ्चालन गरेको बताए ।

उनले बैंकले छिट्टै नै विदेशी मुद्रा विनिमय सम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याईने बताए । बैंकले अहिले देश भित्रै र देशै पछि विदेशबाट पनि गरिमा रेमिटान्स सञ्चालनमा आउने बताए ।

हालविकास बैंकको चूक्ता पुंजी २ अर्ब ५३ करोड रहेको छ । विकास बैंकले २०७५ बैशाख मसान्त सम्म १८ अर्ब ९० करोड निक्षेप संकलन गरि १७ अर्ब ५० करोड रुपैया कर्जा लगानी गरेको छ ।

कमेन्टहरु
Loading...