मनाङ फाइनलमा, थ्रिस्टार आज भिड्दै

सेमीफाइनलमा भारतको सिक्किम युनाइटेडलाई पराजित गर्दै मनाङ उपाधि नजिक पुगेको हो । मनाङले सिक्किम युनाइटेड क्लबलाई ६-२ को भारी अन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।खेलमा मनाङले २० सेकेन्डमा नै भीम दर्लामीको गोलबाट सुरुवाति अग्रता लिएको थियो ।  यस्तै खेलको ५१ औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पारेको थियो ।
यस्तै खेलको  ६२ औं मिनेटमा विजेन्द्रले सिक्किमका लागि गोल गर्दै खेललाई २-१को स्थितिमा ल्याएका थिए । यस्तै खेल सकिन केहि समय बाँकी रहेको अवस्थामा सिक्किमले बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
यस्तै  थपिएको ३० मिनेट पूरैं आफ्नो कब्जामा राखेको मनाङले योना इलियसले ३० मिनेट भित्र ह्याट्रिक पुरा गरेका थिए । सयौं मिनेटमा पहिलो गोल गरेका योना इलियासले १ सय १० तथा १ सय १९ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । मनाङका लागि सुलभ मास्केले थप एक गोल गरेसँगै फराकिलो जितका साथ मनाङ फाइनलमा प्रवेश गरेको हो ।
यस्तै नेपालको थ्रिस्टार क्लबले किङ्स कप फुटबलमा भुटानको यिदजिन क्लबसंग प्रतिस्पर्धा गर्दैछ । समुह चरणमा दुई जित र एक बराबरीसंगै समुह विजेता बन्दै सेमीफाइनल प्रवेश गरेको थ्रीस्टारले सेमिफाइनलमा शुक्रवार साँझ पौने ६ बजे यिदजिन क्लबसंग भिड्न लागेको हो ।
थ्रीस्टार यिदजिनलाई हराउँदै फाइनलमा चिरप्रतिद्वन्दी मनाङमर्स्याङ्दी क्लबसंगको भेट पक्का गर्ने दाउमा हुने छ ।
तस्विर सौजन्य : गोलनेपाल डटकम
– See more at: http://setopati.com/raajneeti/3031/#sthash.WDwiYHHk.dpuf

कमेन्टहरु
Loading...