आज इस्लाम धर्मालम्बीहरुको मुख्य पर्व इद

इस्लाम धर्मालम्बीहरुको मुख्य पर्ब इर्द उल फित्र( इद ) पर्ब आज नेपालगन्जका मुस्लिमहरुले एक आपसमा आर्शिबाद तथा शुभकामना आदान प्रदान गरी मनाएका छन्। मुस्लिम क्यालेन्डर अनुसार रमजान महिना भर  सुर्याेदय भएदेखि सुर्यास्त नहुँदासम्म उपबास अर्थात रोजा बस्ने चलन छ। 

एक महिना लामो रोजा पुरा भएपछि आज नेपालगन्जको बिपी चौकमा भेला भएर मुस्लिम समुलायले सामुहिक रूपमा नबाज बाचन तथा , शुभकामना आदान प्रदान गरेका छन्। नमाज पढिसकेपछि एक अर्कासँग गला मिलाएर इदको शुभकामना आदान–प्रदान गर्दै भाइचारा र आत्मियता साटासाट गरिन्छ।
इदमा आफन्त र छिमेकीहरुलाई बोलाएर सेवई, खजुरलगायतका मिठा–मिठा खानेकुरा ख्वाईने चलन छ।
मुस्लिम समुदायहरुले इद पर्वका अबसरमा दुःखी गरिबलाई आफ्नो कमाईको अढाई प्रतिशत दान दिने, विगतमा भएका साना ठूला गल्ती, रिस रागको अन्त्य गर्दै सुख शान्ति र अमन चयनको कामना गर्दछन्।
यो पर्वमा नँया लुगालगाउने र मिठामिठा खाने कुराहरु खाएर रमाउने गरिन्छ।
२०६८ को जनगणना अनुसार नेपालमा इस्लाम धर्मालम्बीको जनसंख्या  ११ लाख ६४ हजार छ। इदका अवसरमा सरकारले सार्वजनिक विदा पनि दिने गरेको छ।

– See more at: http://setopati.com/samaj/3022/#sthash.I8ophyGL.dpuf

कमेन्टहरु
Loading...