पोखरा सस्तो बजार अगाडी बम

पोखरा, ३० वैशाख /पोखरा पृथ्वीचोक नजिक रहेको पोखरा सस्तो बजार अगाडी संकास्पद बस्तु भेटिएको छ । रातो जेब्रा झोलामा खम्बाको आड्मा संकास्पद बस्तु भेटिएको हो । संकास्पद बस्तु बम हुन सक्ने भन्दै प्रहरीले त्यस क्षेत्रमा भएका मोटरसाइकल हटाएर निस्कृय गर्ने तयारी गरेको छ ।

यस अगाडी पोखराका दुई ठाउँमा बम फेला परे थियो । विप्लप माओवादीले गरेको बन्दका बेला बम फेला परेकाले उनीहरुले नै तर्साउनका लागि राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।

पोखराका पोखरा लेखनाथ महानगरपाकिलाको विजयपुर र पोखरा विमानस्थल अगाडी बम फेला परेको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रिले जानकारी दिए ।

दुबै बम नेपाली सेनाले निस्कृय बनाएको छ । बम विप्लप माओवादीका कार्यकर्ताले राखेको हुनसक्ने प्रहरीको भनाई छ । पोखरामा

कमेन्टहरु
Loading...