पशुपतिको भेटी दुई बर्षमा १० करोड

२५ साउन, काठमाण्डौ । सरकारले पशुपतिनाथ मन्दिरवाट भेटी व्यवस्थापन थालेको दुई वर्षमा १० करोड ६९ लाख १८ हजार रुपैयाँ संकलन गरेको छ । पशुपतिनाथ मन्दिरमा दैनिक जम्मा हुने भेटी पारदर्शी बनाउन सरकारले ‘मन्दिर तथा पूजा व्यवस्थापन नियमावली २०६८’ लागू गरेपछि १० वर्ष बराबरको भेटी दुई वर्षमै संकलन भएको हो ।
दुई वर्षअघि सरकारले नियमावली लागू गरेको थियो ।
पशुपति क्षेत्र विकास कोषका निर्देशक रमेश उप्रतिका अनुसार आर्थिक वर्ष २०६८/६९ मा २ करोड ८० लाख ३९ हजार, आब ०६९/७० मा ७ करो.ड ८८ लाख ७९ हजार गरी यस वर्षको असारमसान्तसम्म १० करोड ६९ लाख १८ हजार रुपैयाँभन्दा बढी भेटीघाटी संकलन भएको छ । पशुपति विकास कोषले दिएको जानकारी अनुसार पशुपति विशेष पूजावाट मात्रै ४ करोड २८ लाख भेृटी संकलन भएको छ । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ ।
नियमावली लागू हुनुभन्दा अघि मूल भट्टले आफ्नो स्वविवेकले मात्र पशुपति मन्दिर व्यवस्थापनका लागि खर्च उपलब्ध गराउने चलन थियो । हुनमान, बूढानिलकण्ठ पूजाबाट २ करोड २८ लाख रुपैयाँभन्दा बढि भेटी संकलन भएको छ ।

कमेन्टहरु
Loading...