कृषिजन्य बस्तु किन्न मात्रै १ खर्ब

२५ साउन, काठमाण्डौ । कृषिप्रधान मुलुक नेपालवाट खाद्यान्न लगायत कृषिजन्य वस्तु खरिद गर्न वाषिर्क झन्डै १ खर्ब रुपैयाँ विदेशीने गरेको छ । व्यापार प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार मुलुकले आर्थिक वर्ष २०६९/७० को ११ महिनामा मात्रै धान, चामल, तरकारी, फलफूल, माछामासु, दुग्ध पदार्थ र तयारी खाद्य पदार्थलगायत कृषिसंग सम्बद्ध उत्पादन किन्न नेपालले झन्डै ९० अर्ब रुपैयाँ खर्चेको छ ।
यो औपचारिक वरुपमा देखिएको रकम मात्रै हो । सीमाक्षेत्रमा ३० देखि ४० प्रतिशत अनौपचारिक कारोबार हुने भएकाले त्यसको अभिलेख हुन सकेको छैन । ११ महिनाको उक्त अबधिमा १८ अर्ब ७० करोड रुपैयाँ बराबरको चामललगायत खाद्यान्न आयात गरेको छ ।अघिाल्लो आबको सोही अबधिमा ११ अर्ब ५६ करोडको आयात थियो । तरकारी तथा तरकारीजन्य बस्नु किन्न ७ अर्ब ८२ करोड खर्च भएको. छ । यो अघिल्लो वर्षको सोही अबधिको भन्दा १ अर्ब ७५ करोड रुपैयाँ बढी हो । आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । नेपालले सबैभन्दा बढी भारत र चीनवाट कृषिजन्य बस्तु आयात गर्छ । त्यसबाहेक अर्जेन्टिना, मलेसिया, सिंगापुर, म्यानमार, इन्डोनेशिया र थाइल्याण्ड लगायतका मुलुकवाट कृषिजन्य उत्पादन ल्याउने गरेको छ ।
सन् १९८० को दशकयता आफूलाई पुग्ने उत्पादनसमेत गर्न सकेको छैन । ३३ जिल्ला खाद्यान्नमा परनिर्भर छन् । सन् २००५ देखि २०१० को वीचमा नेपालको वाषिर्क २ लाख २७ हजार टन खाद्यान्न आयात गरेको थियो भने आव २०१०/११ मा त्यो mबढेर २ लाख ९० हजार टन पुग्यो ।

कमेन्टहरु
Loading...