सागर राज तिमिल्सिना
पोखरा, २८ वैशाख/औद्यागिक घरना लक्ष्मी ग्रुपले पोखराको विन्ध्यबासिनी मन्दिरमा लिफ्ट बनाउने कामको थालनी गरेको छ । मन्दिरमा जाने बृद्धबृद्धा तथा अशक्तहरुलाई सजिलो होष भन्ने उद्देश्यले ग्रुपले लिफ्ट निर्माण गर्न लागेको हो ।
लिफ्टको स्वामी बोधानन्द र स्वामी निशेषानन्दले शुक्रबार लिफ्टको शिलान्यास गरेका छन् । लिफ्ट करिब ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको लक्ष्मी हाउसले जनाएको छ । करिब ८० लाख रुपैयाँ लगानीमा ग्रुपले लिफ्ट बनाउन लागेको हो । मन्दिर जाने क्रममा लिफ्टबाट हिमालय क्षेत्र, पोखरा तथा आसपासको दृश्यावलोकन समेत अवलोकन गर्न सकिनेछ ।
एकपटकमा ८ जना आउन जान सक्ने गरि लिफ्टको निर्माण गर्न लागेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सदस्य सचिब तिर्थ श्रेष्ठले जानकारी दिए । उनले विन्ध्यवासिनी मन्दिरमा बार्षिक रुपमा १ लाख भन्दा बढि भक्तजन आउने गरेको बताए । विन्ध्यवासिनी मन्दिरमा नेपाली बाहेक भारत र अन्य देशका पर्यटक समेत आउने गरेको बताए ।
लक्ष्मी हाउसले ४४ औ वार्षिक उत्सवको असवर पारेर लिफ्ट निर्माणको घोषणा गरेको थियो । २०३० सालमा ५ किलो चिनीबाट मिठाइ बनाउन सुरु गरेको लक्ष्मी ग्रुप अन्तर्गत अहिले १० वटा व्यावसायिक प्रतिष्ठान सञ्चालनमा छन् । ग्रुपमा १ हजार ६ सय भन्दा बढी कर्मचारी कार्यरत छन् ।
