प्रहरी हिरासतबाट मुक्त गराई दिन्छु भनि रकम असुली गर्ने पक्राउ

सागर राज तिमिल्सिना
पोखरा २४ साउन/प्रहरी हिरासतमा रहेका ब्यक्तिलाई मुक्त गराईदिने प्रलोभनमा रकम असुल्ने एक जना पोखराबाट पक्राउ परेका छन् । आफ्नै होटलमा अनैतिक काम गरिरहेको अबस्थामा पक्राउ परेका ६ जनालाई मुद्धा मिलाईदिने प्रलोभनमा १० हजार रकम असुल्ने पोखरा ६ हल्लनचोकमा रहेको होटल गोल्डेन रोजका मालिक प्रविण लामिछाने पक्राउ परेका हुन् ।
उनले आफ्नै होटलमा अनैतिक कार्यमा संलग्न भारत देहरादुन बस्ने वर्ष ३१ को अजय गुप्ता, २८ बर्षिय जितेन्द्र गुप्ता, राजेश राणा , पर्वत थापाठाना ७ बस्ने वर्ष २८ का श्याम भण्डारी, कास्की घाचोक ३ की १८ बर्षिय सुनिता परियार र दाङ्ग तुल्सीपुर ३ बस्ने वर्ष २१ कि जानुका डाँगीबाट एकमुष्ट १० हजार अुली गरेका थिए ।
पक्राउपछि वडा प्रहरी कार्यालय बैदामको हिरासतमा रहेका उनिहरुको मुद्धा मिलाईदिने भन्दै लामिछानेले रकम असुलेको कास्की प्रहरीले जनाएको छ । यसैबिच कास्की प्रहरीले चोरी गर्दै हिडेको अबस्थामा दुई जनालाई पक्राउ गरेको छ । साउन २३ गते राती १२ बजेको समयमा पोखरा ४ गैहपाटन भित्री गल्लीमा बाहिरबाट सटर खोल्न लागेको अवस्थामा रहेका २ जनालाई रड सहित पक्राउ गरी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
त्यस्तै मिति पोखरा नयाँबजार गुरुकुल स्कूल नजिकै रहेको एउटा घरको तलामा चढी झ्यालको भेन्टीलेशनबाट छिरेर चोर्न खोजेको अवस्थामा १ जनालाई पक्राउगरीएको प्रहरी नायब उपरिक्षक सन्तोश खड्काले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी नियन्त्रणको लागि शुरु गरेको चोरी नियन्त्रण योजना अन्र्तगत सर्वसाधरणलाई चोरी नियन्त्रणमा अपनाउनु पर्ने सुरक्षा सजगताको सम्बन्धमा चेतनामूलक पर्चा बितरण सुरु गरेको छ । आज पोखरा नगर र लेखनाथ नगरका प्रमुख व्यापारिक स्थल र आवासिय क्षेत्रहरुमा करिव पन्ध्र हजार पर्चा वितरण गरिएको छ ।
 

कमेन्टहरु
Loading...