पोखरा, २५ वैशाख/कास्की क्षेत्र नं १ को प्रदेश सभा १ वाट प्रत्यक्ष निर्वाचित सांसद दीपक कोईरालाले आफुले निर्वाचन अगाडी जनताका विचमा गरेका प्रतिवद्धताहरु क्रमश कार्यान्वनको चरणमा प्रवेश गरेको वताएका छन् ।
जनतासँग मत माग्दा फेवाताल–वेगनास/रुपा सहितका ताल जोड्ने गरि मोनोरेल संचालन गर्ने र अन्तर्राष्ट्रियस्तरको चिडियाखाना स्थापना गर्ने एजेण्डा राखेको र अव ति योजनाहरु अव कार्यान्वनको चरणमा प्रवेश गरेको उनले वताए । आईतवार संसदवाट पारित भएको चालु आवको विनोयजन विद्येकमा फेवा–बेगनास र रुपाताल जोड्ने गरि मोनोरेल संचालनको सम्भाव्यता अध्ययन तथा चिडियाखानाको विस्तृत आयोजना प्रतिवेदन निर्माणको लागि पनि बजेट व्यवस्था गरिएको छ ।
आईतवार लेखनाथमा आयोजित रुपा सहकारीको भवन उद्घाटन कार्यक्रममा वोल्दै सांसद कोइरालाले जनताको साथ र सहयोग लिएर आफुले विगतमा गरेका प्रतिवद्धताहरु पुरा गर्दै जाने दृढता व्यक्त गरे ।‘ अव वोल्ने भन्दा पनि काम गरेर देखाउने वेला भएको छ । विगतमा हामीले घण्टौँ वोल्यौँ ।’ सांसद कोइरालाले भने‘ त्यसवेलाका हाम्रा प्रतिवद्धताहरु अव विस्तारै कार्यान्यवनको चरणमा प्रवेश गरेका छन्। मोनोरेल तथा चिडियाखानाको लागि यही वर्षमै बजेट व्यवस्था भएको छ ।’
उनले ५ वर्षभित्रमा आफुले जनतासँग गरेका वाचा पुरा गरि छाड्ने भनाई राखे । रुपा गाउँपालिकामा चुनाव प्रचारको क्रममा अर्को पटक वाटोमा धुलो उडाउदै भोट माग्न आईदैन भनेर जनताका विचमा प्रतिवद्धता राखेको स्मरण गर्दै अहिले रुपा गाउँपालिकाको मेरुदण्डको रुपमा रहेको शिशुवावाट शिसाघाट सडक खण्डमा कालोपत्रेको लागि ३४ करोडको टेन्डर भईसकेको कोइरालाको भनाई छ ।
केरुङ–काठमाण्डौ-पोखरा, लुम्विनीसम्मको रेल पनि लेखनाथ हुँदै आउने र यस क्षेत्रमा अन्य राष्ट्रिय गौरवका आयोजनाहरु पनि वन्ने कोइरालाको दावी छ । केही हप्ता अघिको प्रदेश सभाको वैठकमा पनि सांसद कोइरालाले प्रदेश सभाको कार्यालय लेखनाथमा स्थापना गर्न माग गरेका थिए ।