माग पुरा गराउन सडक ठप्प पार्ने चेतावनी

पोखरा २४ साउन । अघिपछि हुने बन्दको बिरोधमा उत्रने यातायात ब्यबशायीहरुले आफै सडक ठप्प पार्ने चेतावनी दिएका छन् । सरकारसंग यसअघि भएका सहमति कार्यन्वयन गराउने बाहानामा पोखरामा नया दर्ता भएको समिति खारेजीको माग सहित उनिहरुले कास्की लगायत गण्डकी अञ्चलनै ठप्प पार्ने सम्मको आन्दोलनको घोषणा गरेका छन् ।
पोखराको मौजुदा यातायात ब्यबस्थाको आकलननै नगरी नया समिति मार्फत नया सवारी भित्र्याउन लागेको भन्दै पुराना ब्यबशायी आन्दोलित भएका हुन् । यातायात ब्यबशायीको छाता संस्था नेपाल यातायात ब्यबशायी राष्ट्रिय महासंघको अगुवाईमा साउन २९ र ३० गते कास्की बन्द र ३१ गतेदेखि गण्डकी अञ्चल बन्द गर्ने नेपाल यातायात ब्यबशायी राष्ट्रिय महासंघका गण्डकी अञ्चल सह – संयोजक महाप्रसाद सुबेदीले बताए ।
बिहिबार पत्रकार सम्मेलन गरी यातायात ब्यबशायीहरुले आफ्नो मागबारे सरकार गम्भिर नभए देशभरका सवारी ठप्प पार्ने चेतावनी दिएका छन् । पोखरामा नया नगरबस संचालन गर्ने गरी दर्ता भएको बिध्यावासिनी यातायात ब्यबशायी समिति खारेजीको माग गर्दै ब्यबशायीहरु आन्दोलनमा उत्रिएका हुन् । गत बर्षको कार्तिक १४ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा बिध्याबासिनी यातायात ब्यबशायी समितिको नाममा नया समिति दर्ता भएपछि आफुहरुले दिदै आएको सेवा पर्याप्त भएको भन्दै समितिले नया बसको आबश्यकता नरहेको दाबि गर्दै आएको छ ।
गण्डकी अञ्चलमा रहेका २१ ओटा यातायात सम्बन्धि समितिले नया समिति दर्ता प्रक्रियाको बिरोध जनाईरहेका छन् । पोखरा नगर क्षेत्रभित्र ३ सय २८ वटा यात्रुबहाक बसले सेवा दिदै आएकोमा दैनिक ४५ बस हल्टेजमा राख्नुपर्ने बाध्यता रहेको पृथ्बीराजमार्ग बस ब्यबशायी समितिका बरिष्ठ उपाध्यक्ष चिजकाजी गुरुङले बताए । यातायात ब्यबस्थापन निति अनुसार १५ बर्ष पुराना गाडिहरु बिस्थापित भई कतिपय ब्यबशायी बिस्थापित हुने अबस्था रहेको उनले बताए ।
गण्डकी धौवलागीरी अञ्चल सार्वजनिक यातायात ब्यबशायी समन्वय समितिका अध्यक्ष बसन्त प्रधानले सेवाको प्रकृति, गुणस्तरियता र रुट निश्चित भएपछि मात्र नया समिति दर्ता प्रक्रिया अघि बढाउनुपर्नेमा प्रक्रियागत त्रुटी भएकाले समिति दर्ता खारेजीको माग गरे ।
बिभिन्न समयमा गठित यातायात ब्यबस्थापन सम्बन्धि सुझाब समितिल दिएका सुझाबको आधारमा पोखराको यातायात ब्यबस्थित गर्नुपर्ने पुराना ब्यबशायीको माग छ । बितेको १० बर्षको अबधिमा पोखराको सडक तुलानात्मक रुपमा नबढेपनि सवारी संख्या दोब्बर भएकाले पुराना गडी बिस्तापित गरी नया ३० सिट क्षमताको यात्रुबहाक बस भित्र्याउन लागिएको उनिहरुले बताएका छन् । जथाभाबी यातायात समिति दर्ता गरी सवारी संख्या बढाउदै लगे पोखराको यातायातको डम्पिङसाइड हुने र पर्यटकिय नगरीको सुन्दरता बिग्रने उनिहरुको दाबि छ ।

कमेन्टहरु
Loading...