पोखरामा राष्ट्रपति कप खेलकुद प्रतियोगिताको तयारी पुरा

पोखरा, २० वैशाख /पोखरामा शनिबार देखि हुने “१० औ कास्की जिल्ला स्तरिय राष्ट्रपति कप खेलकुद प्रतियोगिता”को सम्पुर्ण तयारी पुरा भएको कास्की जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । प्रतियोगितमा जिल्लाका ५० विद्यालयले विभिन्न खेलमा सहभागिता जनाउने समितिका अध्यक्ष यम गुरुङले बताए ।

प्रतियोगितामा कब्वडी, भलिबल, एथेटिक्स् र मार्शल आर्टसका खेलहरु हुने कास्की जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बरालले बताए । कब्वडीमा कास्की निर्वाचन क्षेत्र नं १ बाट छात्र तर्फ ७ र छात्रा तर्फ ६ निर्वाचन क्षेत्र नं २ मा छात्र ७ र छात्रा ६ तथा निर्वाचन नं ३ बाट छात्र ६ र छात्रा ४ टिमको सहभागिता रहने बताए ।

यसै गरि भलिबल तर्फ कास्की निर्वाचन क्षेत्र नं १ बाट छात्र तर्फ ७ र छात्रा तर्फ ७ निर्वाचन क्षेत्र नं २ मा छात्र ९ र छात्रा ४ तथा निर्वाचन नं ३ बाट छात्र १० र छात्रा १ टिमको सहभागिता रहने बताए । कार्यालय प्रमुख बरालका अनुसार मार्शल आर्ट्समा तेक्वान्दो, उसु र करातेका खेलहरु हुने छन । बैशाख २४ गते सम्म पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगितामा बैशाख २१ र २२ निर्वाचन क्षेत्र स्तरिय र २३ र २४ गते जिल्ला स्तरिय हुने प्रमुख बरालले बताए ।

उनका अनसुार यो संस्करण बाट बिजेता विद्यालयले प्राप्त गर्ने मेडलका आधारमा मुल्याकंन गरिने भएको छ । उनले मार्शल आर्ट्स खेलको मेडल समेतको मुल्याकंन गरिने भएको छ । राज्यको नयाँ ढाँचा अन्र्तगत हुने क्षेत्रिय राष्ट्रपति रनिङ शिल्डलाई प्रदेश स्तरिय बनाइएको कार्यालय प्रमुख बरालले बताए ।

विगतमा सम्पन्न भएका नौ वटा क्षेत्रिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा लगातार रुपमा पश्चिमाञ्चल प्रथम हुँदै तिन पटक सम्म शिल्ड कब्जा गर्न सफल भएको थियो । अब हुने प्रथम प्रदेश स्तरियमा समेत सोही प्रकारको नतिजा निकाल्ने गरि तयारी भएको समेत उनले बताए ।
पोखरामा शनिबार बाट सुरु हुने जिल्ला स्तरिय राष्ट्रपती कप खेलकुद प्रतियोगितामा ५० विद्यालयका करिव २ हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन भने अफिसियल तर्फ १ सय जना रहेका छन् ।

कमेन्टहरु
Loading...