तीन दिने क्षमता विकास सम्वन्धि कार्यशाला गोष्ठि शुरु

पोखरा, २४ साउन। नेपाल निजामति कर्मचारी संघ नेपालको आयोजनामा पोखरामा तीन दिने क्षमता विकास सम्वन्धि पश्चिमाञ्चल क्षेत्रिय कार्यशाला गोष्ठि शुरु भएको छ। यु एन आई अन्तराष्ट्रिय संस्थाको सहयोगमा शुरु भएको उक्त गोष्ठिमा पश्चिमाञ्चलका ७० जना कर्मचारीहरुको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रिय प्रशाशन कार्यालय पोखराका क्षेत्रीय प्रशाशक लोकदर्शन रेग्मीले संगठन गर्ने र नेतृत्व गर्ने व्यक्तिहरु मैन वत्ति जस्तै नरम हुनु पर्ने वताए । उनले आफुले काम गर्न नसक्दा अरु संगठनको जन्म हुने वताउदै संगठनमा नेतृत्व गरेका व्यक्तिहरुले संगठनलाई मजवुद वनाएर लैजानु पर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी संघका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र अधिकारी, महासचिव सरद अधिकारी, सचिव शिवप्रसाद गौतम, युएनआईका अध्यक्ष लेखप्रसाद वुर्लाकोटी, एशिया प्यासिफिक तालिम संयोजक राजेन्द्र आचार्य, युएनआईका केन्द्रिय महासचिव शंकर लामिछानेले वोलेका थिए ।
नेपाल निजामति कर्मचारी संघ क्षेत्रिय संयोजक शिव शर्मा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कास्कीका अध्यक्ष डार्विन लम्सालले स्वागत र केन्द्रिय सदस्य टिएन पाण्डेले कार्यक्रम सञ्चालन गरेका थिए ।
 

कमेन्टहरु
Loading...