पोखरामा मःम मेला हुदैँ

ट्रेनर नेपालको आयोजनामा पोखरेलीहरुलाई भिन्न स्वाद दिन पोखरामा
नै पहिलो पटक मःम मेला २०७० को आयोजना गर्ने आज पोखरामा पत्रकार
सम्मेलन गरी जानकारी दिएको छ ।
food_momo“१५ थरीका मःम एकै ठाउँमा” भन्ने उद्घोषका साथमा ट्रेनर नेपालको
आयोजना तथा पोखरा मलको सहयोगमा आउदो असोज ४ र ५ गते पोखरा मल
परिसर पृथ्वीचोकमा मःम मेला २०७० गरिने ट्रेनर नेपालका अध्यक्ष तथा कार्यक्रम
सयोजंक रविन गुरुङ्गले जानकारी दिएका छन् ।
मःम मेलामा सि मःम, ग्रिन,फिस,केराको मःम,आलु,ससेज,कोथे,चिल्ली,पनिर,तिव्वेतियन,पोर्क
,चिकेन,मटन,वफ,भेज मःम गरी १५ प्रकारका मःम स्वाद लिन सकिने सयोंजक
गुरुङ्गको भनाई छ ।
निः शुल्क रुपमा प्रवेश रहेको मेला अन्य मेला भन्दा फरक हुने र विभिन्न
प्रकारका म ःम का स्वाद एकै ठाउँमा पाईने छ । नेपालमा वालक देखी वृद्ध
सम्मको खाजाको रुपमा परिचित सवै नेपालीको रोजाई मःम को भिन्न स्वाद
चखाउन र पोखरालाई मःम को फरक फरक स्वाद पाईने स्थानकोे रुपमा चिनाउने
आयोजीत मेलामा सहयोगीको रुपमा पोखरा मल रहेका मलका व्यवस्थापक गोकर्ण
क्षेत्रीले जानकारी दिए ।
व्यवसाय प्रवद्र्धनकोलागी पनी मेलाको आयोजना गर्न
लागीएको र मःम मेलाको लागी मःम स्टल वुकिङ्ग आजैदेखी खुला गरिएको
जानकारी दिईएको छ । कार्यक्रममा वोल्दै पोखरा मलका व्यवसाय समितिका अध्यक्ष
किसन सुनारले मेलामा व्यवसायीहरुका तर्फबाट पनि सहयोग रहने जनाएका छन् ।
मःम मेलामा २५ वटा स्टल रहने छ भने मेला सम्पन्न गर्न १४ लाख खर्च लाग्ने
अनुमान गरिएको छ ।
मेलामा १५ प्रकारका मःमका साथमा मनोरञ्जनात्मक कार्यक्रममा
पोखरेली धुर्मुस र माग्ने वुढाको हास्यप्रहसन, कन्सर्ट,लोकदोहोरी,क्इम्
समुहको नृत्य, द्यबततभि या द्य(दयष्लन, म्व क्भककष्यल पनि हुने जानकारी दिए ।

कमेन्टहरु
Loading...