शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बारे माानवअधिकार निगरानी समुहसँग छलफल

पोखरा, २४ साउन/शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बारे माानवअधिकार निगरानी समुहसँग अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) का कार्यकारी निर्देशक विजयराज गौतमले साउन २४ गते छलफल गरेका छन् । छलफलको क्रममा कार्यकारी निर्देशक गौतमले जिम्मेवारी निकायले नागरिकको समस्या सुन्न नसक्दा नागरिकप्रति जवाफदेही हुन नसकेको बताए । उनले भने–सरकारको नीति कार्यक्रम राम्रो छ तर त्यसको अनुगमन र कार्यान्वयन कमजोर छ, त्यसैले मानवअधिकार निगरानी समूहले जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्नुपर्छ । जवाफदेही बन्न नसकेको कुराहरु सञ्चार माध्यमको संवादमा उठाउन सकेमा उपलब्धीमूलक हुन्छ ।
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको कार्यक्रम पाँच ओटा विकास क्षेत्रको एउटा गाविसमा नमुनाको रुपमा सञ्चालन गरेको बताउदै कार्यक्रमको उपलब्धी र मूल्याङ्कन गरेर त्यसको अवधी बढाउने बताए ।कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल परियोजनाका संयोजक सुशील चौधरीले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको कार्यक्रम योजना अनुरुप काम भइरहेको बताए ।
उनले मानवअधिकार निगरानी समुह अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य उपसमितिले विज्ञ व्यक्ति मार्फत् काम गरेमा अझ प्रभावकारी हुने बताए । कार्यक्रममा मानवअधिकार निगरानी समुहका सदस्यहरु बलराम घिमिरे, दुर्गा केसी, इन्दिरा पौडेल, कुष्ण कुँवर, गोमा प्रधान, ढाकाराम पौडेल, जानकी शर्मा र सरलाकुमारी पाण्डेले निगरानी समुहले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको बारेमा अनुगमन र सचेतनामूलक काम भइरहेको बताए ।

कमेन्टहरु
Loading...