इन्सेकको कार्यक्रम अभिमुखीकरण तथा योजना बैठक

पोखरा, २४ साउन/अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) को आयोजनामा कार्यक्रम अभिमुखीकरण तथा योजना बैठकमा बिहीबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले इन्सेकको कामलाई प्रभावकारी र उपलब्धी बनाउन सबै इमान्दार भएका काम गर्नु पर्नेमा जोड दिए । उनले भने–इन्सेकको पहिचान नै मानवअधिकार उल्लंघनका घटनाको अभिलेखीकरण हो, त्यसैले मानवअधिकार, अभिलेखीकरण, अनुगमन, मानवअधिकार सचेतना, वहस पैरवी र इन्सेक अनलाईनलाई व्यवस्थित र प्रभावकारी बनाउन सबैले पहल गरौं ।
हामी योजना राम्रो बनाउछौ तर उपलब्धीमा कमजोर छौं, बजेट सिध्याउने कार्यक्रम मात्र नगरी उपलब्धीतर्फ ध्यान दिनु जरुरी छ । सन् २००९ देखि सुरु भएको पाँच वर्षे कार्यक्रम २०१३ असार मसान्त सँगै समाप्त भएको जानकारी गराउदै उनले उक्त कार्यक्रममा देखिएका समस्या, कमीकमजोरीलाई सुधार गर्दै आगामी योजना र कार्यक्रम बनाउनु पर्नेमा उनले जोड दिए ।
मुलुकको राजनीतिक परिस्थिति अनुरुप इन्सेककर्मीहरुले सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताए । इन्सेक व्यवस्थापन प्रमुख प्रेम पराजुलीले इन्सेकले सम्पन्न गरेका कार्यक्रमहरुको मुल्याङ्कन गरी भावी कार्यक्रम र योजना बनाउनु पर्ने बताए ।

कमेन्टहरु
Loading...