पोखरामा स्मार्ट टेलिकम, चार युवाको लगानी

पोखरा, ११ वैशाख /स्मार्ट टेलिकम प्राइभेट लिमिटेडले आफनो सेवा पोखरामा विस्तार गरेको छ । सन् २००८ जुलाई १ मा स्थापना भएको कम्पनीले उपभोक्ताको सुविधा र सहजतालाई मध्यनजर गर्दै पोखरामा शाखा विस्तार गरेको जनाएको छ । अन्य कम्पनी भन्दा नयाँ प्रविधि सहित सेवा संचालनमा ल्याएको दावी कम्पनीले गरेको छ ।

कम्पनीले काठमाण्डौं, ललितपुर, भक्तपुर पछि पोखरामा शाखा कार्यालय स्थापना गरि सेवा विस्तार गरेको हो । मंगलबार पोखराको महेन्द्रपुल स्थित सिता भवनमा रहेको शाखाको उदघाटन नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र नायीका स्यारोन श्रेष्ठले गर्नुभयो । पोखरामा चार युवाले स्मार्ट टेलिकमको आधिकारीक रुपमा शाखा संचालनमा ल्याउनु भएको हो । पोखराका पर्यटन ब्यवसायी महेन्द्र गुरुङ, काठमाडौका प्रतिक श्रेष्ठ, छिरिङ खम्सु ठकुरी र किरण बरालले ३० लाख रुपैयाँको लगानीमा शाखा संचालन गर्नुभएको हो ।

कम्पनीले उच्चतम गुणस्तरीय सेवा दिँदै आइरहेको गरेको छ ।स्मार्ट टेलिकम प्रालि नेपालको तेस्रो ठूलो र फास्ट ग्रोविङ मोबाइल अपरेटरको रुपमा नेपालमा सेवा दिँदै आईरहेको छ ।पोखरामा दिन महिना पहिला सेवा सुरु गरेको र २८ हजार उपभोक्ता समेत रहेको क्षेत्रीय कार्यालय पोखराका प्रमुख गणेश लामिछानेले जानकारी दिनुभयो । ‘हाम्रो लक्ष्य ४२ हनार थियो तर २८ हजार उपभोक्ता बनाएका छौ ।’ उहाँका अनुसार पोखरामा ३३ वटा टावर रहेको र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता राखिएको छ ।

पोखरामा स्मार्ट टेलिकम
पोखरामा स्मार्ट टेलिकम

कम्पनीले पोखरा सहित ४३ जिल्लामा गरि २९ लाख ५० हजार उपभोक्ता रहेको जनाएको छ । स्मार्ट टेलीकमको सेवा अन्य कम्पनीको भन्दा तिनगुणा सस्तो रहेको दावी प्रमुख लामिछानेले गर्नुभयो । उहाँका अनुसार स्मार्ट बाट कलर गर्दा जुनसुकै कम्पनीको सिममा फोन गरेपनि ६० पैशा मात्रै लाग्ने छ भने कम्पनीले आफनो सेवा र ग्राहकमा आउने समस्या समाधानका लागी स्माट सेन्टरको स्थापना समेत गर्ने छ ।

फोन कलमा कम्पनीले स्मार्ट नेटवर्क भित्र ९७ रुपैयाँमा तीस दिनको लागि फोन कल अफर प्रदान गरेको छ । जसमा १५ दिन र सात दिनको समेत छुट्टाछुट्टै अफर प्रदान कम्पनीले गरेको छ ।विविध सेवा र अफर सहित अन्तर्राष्ट्रिकलमा समेत कम्पनीले छुट सहित सेवा उपलब्ध गराएको छ । जसमा अमेरिका, क्यानडा देखि मेलेसिय, कतार, साउदी अरब लगायत मुलुकमा सुलभ दरमा फोन कल सेवा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

छिरिङ विदेश जाने तयारीमा थियो ब्यवसायी महेन्द्र गुरुङले भन्नुभयो –‘युवा विदेश जानुभन्दा यही केही गर्नुपर्छ भन्दै उदाहरण दिएपछि उनीहरुले मेरो कुरा मानेर हामीले स्मार्ट फोनको डिलर लियौ ।’ प्रतिकले भन्नुभयो–‘सुचना र प्रविधि मानिसका लागी अत्यावश्यक भैसक्यो, त्यसैले यसमा लगानी गर्दा सफल भइन्छ भन्ने लागेर साथीभाई मिलेर ब्यवसायर सुरु गर्यौ ।’

उहाँले नयाँ प्रविधि, विभिन्न सुविधा सहित युवा पुस्तालाई ध्यानमा राखेर स्मार्ट टेलिकमले सेवा संचालन गरेको बताउनुभयो । ‘युवायुवतीहरुको चासो र ध्यान प्रविधिमा बढेको छ, विभिन्न अफर प्याकेज सस्तो, शुलभ र गुणस्तरीय सेवा स्मार्टले दिएको देखेर सफल हुने विश्वाका साथ हामीले लगानी गरेका हौ ।’

कमेन्टहरु
Loading...