आदीवासी जनजाति संघले सरसफाइ गर्ने

पोखरा २४ साउन /नेपाली कांग्रेसको भातृसंगठन आदीवासी जनजाति संघ कास्कीले १९ औँ विश्व आदीवासी जनजाति दिवसको अवसरमा योगेन्द्र शेरचनको शालिक भएको चोकमा सरसफाइ गर्ने भएको छ ।
केहि समय यता सुस्ताएको स्थितिमा रहेको आदीवासी जनजाति संघले कार्यकर्तालाई त्रियाशिल रहेको पुष्टि गर्न पनि शुत्रबार विहान सरसफाइ गर्न लागेको संयोजक अशोक भट्टचनले जानकारी दिनुभयो । उहाँले तत्कालिन राजा महेन्द्र शाहले २०१७ सालमा कु गरेका बेला विना कारण मारिएका नेपाली कांग्रेसका पुर्वमहामन्त्री योगेन्द्र शेरचनको शलिक परिसरमा सरसफाइ गरिन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा आदीवासी जनजाति संघ केन्द्रिय अध्यक्ष इन्द्र बहादुर गुरुङको उपास्थिति रहने बताउनुभयो । संयोजक भट्टचनले सरसफाइ कार्यक्रममा सहभागी भइदिन सम्पुर्णमा अनुरोध समेत गर्नुभएको छ ।
उहाँले पछिलो समय विभिन्न कारणले संघ क्रियाशिल नहुदाँ आदीवासी जनजातिहरुमा निराशा छाएको बताउदै यसलाई अबका दिनमा क्रियाशिल भएर जाने प्रतिवद्धता पनि जनाउनुभयो ।

कमेन्टहरु
Loading...