निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो

२४ साउन, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो लिखित प्रतिवेदन बिहीबार सरकारलाई बुझाएको छ । करिब २ सय पृष्ठको प्रतिवेदनमा प्रत्यक्षतर्फका निर्वाचन क्षेत्रहरु २ सय ४० नै रहने सिफारिस गरिएको छ । आयोगका अध्यक्ष ताहिर अलि अन्सारीलगायत सबैजना प्रतिनिधिहरुले सिंहदरबारस्थित मन्त्रिपरिषदको कार्यालयमा गई मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई प्रंतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझ्दै अध्यक्ष रेग्मीले समयमै प्रतिवेदन बुझाएकोमा आयोगलाई धन्यवाद दिनुभएको छ साथै उहाँले प्रतिवेदन सुझबुझपूर्ण एवं औचित्वपूर्ण रहेको विश्वास समेत व्यक्त गर्नुभएको मन्त्रिपरिषद सचिवालय स्रोतले अनलाइनखबरलाई बतायो । स्रोतले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फको निर्वाचन क्षेत्रको संख्या नबढाउने गरी पुरानै कायम राखिएको छ । निर्वाचनक्षेत्र बढाउने म्यान्डेट आयोगलाई दिइएको थिएन ।
पूर्वन्यायाधीश अन्सारीको अध्यक्षतामा गठित विज्ञसम्मिलत समितिले तोकिएको एक महिनामा काम नसकेपछि पलिोपटक १० दिन र पछि एकसाता समय थप गरिएको थियो ।

कमेन्टहरु
Loading...