पोखरामा १ लाख बढि नगद सहित ९ जना जुवाडे पक्राउ

पोखरा, ७ वैशाख /कास्की प्रहरीले पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ८ सृजनाचोकबाट नगद सहित ९ जनालाई पक्राउ गरेको छ । सृजनाचोकको सुर्य बहादुर गुरुङको घरमा डेरा गरि बस्ने वर्ष ४२ का पूर्ण बहादुर गुरुङको कोठमा जुवा खेल्दै गरेका ९ जना सहित नगद १ लाख ११ हजार २ सय ८५ रुपैया सहित पक्राउ गरेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ४७ थान नगदको रुपमा प्रयोग गरिएको गोटी, ४ बुक तास र नगद सहित ९ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । ९ जनालाई कास्की जिल्ला अदालतबाट जुवा मुद्वामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा मुस्ताङ छुसाङ घर भई हाल पोखरा ८ बस्ने पूर्ण वहादुर गुरुङ, पोखरा ६ लेकसाईडका बुद्धि बहादुर गुरुङ, पोखरा ११ फुलवारीका अमृत गुरुङ, पोखरा ३ नदिपुरका गंगा गौचन, पोखरा १४ का सुर्य बहादुर गुरुङ, पोखरा १० का भुवन शेरचन, काठमाण्डौ ३ बस्ने मन बहादुर पुन, ५ का धोमा शेर्पा र पोखरा ६ का रमेश राम्जाली रहेका छन् ।

कमेन्टहरु
Loading...