स्याङजा वालिङ युनाईटेड र एविसी शुभकामना कपको फाइनलमा प्रवेश

पोखरा, ७ बैशाख/स्याङजा वालिङ युनाईटेड र अमर सिंह व्वाईज क्लब हेमजामा जारी शुभकामना कप नकआउट फुटबल प्रतियोगिता–२०७५ को फाइनलमा प्रवेश गरेका छन्। शुक्रवार भएको पहिलो खेलमा स्या·जा वालि· युनाईटेले आयोजक हेमजा–११ ‘ए’ लाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको हो।

स्या·जा वालि· युनाईटेका विश्वास श्रेष्ठ र लक्ष्मण रुचालले एक÷एक गोल गरे। यता हेमजा–११ ‘ए’ का विदेशी खेलाडी मार्टिनले एक गोल गरे।खेलमा स्याङजा वालिङ युनाईटेड र एविसी शुभकामना कपको फाइनलमा प्रवेश· युनाईटेडका विष्णु थापा म्यान अफ दि म्याच घोषित भए। उक्त खेलमा हेमजा–११ ‘ए’ का जीवन गुरुङले रातो कार्ड पाई मैदान वाहिरिएका थिए।

खेलमा स्याङजा वालिङ युनाईटेड र एविसी शुभकामना कपको फाइनलमा प्रवेशका लक्ष्मण रुचाला, विश्वास श्रेष्ठ र सुन्दर खड्काले एलो कार्ड पाए भने हेमजा–११ ‘ए’ बाट पिटर र टंग गुरुङले एलो कार्ड पाए।  युनाईटेडका विश्वास श्रेष्ठले दुई पटक एलो कार्डपाएपछि फाइनल खेल खेल्न पाउने छैनन्।

यसैगरी शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा अमरसिंह व्याईज क्लबले आयोजक हेमजा–११ ‘वि’ लाई ४–१ ले पराजित गर्र्दै फाईनलमा प्रवेश गरेको छ।

उक्त खेलमा अमरसिंह व्वाईज क्लबको तर्फबाट सोम तामाङ,  पदम भट्टराई, सुनिल गोतामे र अनिष तामाङले एक/एक गोल गरे। यता हेमजा–११‘वि’ अस्मित कुँवरले सान्त्वना गोल गरे।

उक्त खेलमा हेमजा–११ ‘वि’ का ज्ञानेन्द्र कार्की र अमरसिंह व्वाईज क्लबका सुनिल गोतामे रातो कार्ड पाए। शनिवार स्याङजा वालिङ युनाईटेड र एविसी शुभकामना कपको फाइनलमा प्रवेश युनाईटेड र अमरसिंह व्वाईज क्लबबीच फाइनल खेल हुने छ। समापन कार्यक्रमको प्रमखु अतिथि प्रदेश नं. ४ का प्रदेश प्रमुख वावुराम कुँवर रहेका छन्।

प्रतियोगितामा प्रथम हुनेले २ लाख २२ हजार २ सय २२ र दोस्रो हुनेले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ।

प्रत्योगितामा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट कोच, उत्कृष्ट गोलकिप्पर, डिफ्रेन्स, मिड फिल्डर, स्टाइगर, बढी गोल गर्नेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ। सर्वोकृष्ट खेलाडीलाई सात हजार ट्रफी र अन्य विधागतलाई पाँच÷पाँच हजार र ट्रफीको व्यवस्था गरिएको छ। त्यस्तै अनुशाशित टिमलाई नगद १० हजार र ट्रफि प्रदान गरिने छ।

कमेन्टहरु
Loading...