पोखरामा २ घण्टामा २७ मिलिमिटर पानी, सडक बन्यो ताल

पोखरा, ४ बैशाख/पोखरामा मंगलबार दिऊसो असिना पानी परेको छ । असिना पानीले विभिन्न क्षेत्रमा बाली नालीमा असर गरेको छ । करिब २ घण्टा सम्म परेको पानीले सडक जलाम्य भएको थियो ।

पोखरामा मंगलबार दिऊसो परेको पानी २७ दशमलब ७ मिलिमिटर रहेको क्षेत्रिय हावापानी कार्यालय पोखराले जानकारी दिएको छ । विगत २४ घण्टामा भने ३८ दशमलब १ मिलिमिटर पानी परेको कार्यालयले जनाएको छ । प्रि मनसुन सुरुभएका कारण पानी परेको कार्यालयले जानाएको छ । अघिल्लो वर्षको हिऊस र अहिले सम्म परेको पानी मंगलबारको सबै भन्दा ठुलो भएको बताए ।

सडक भलपानी ढाकीए पछि सवारी साधान कुदाउन समे अप्ठेरो परेको थियो । सडकमा भलपानी, आकासबाट पानी हुदाँ अध्यारो भएर गाडीहरु हेडलाईट बालेर गाडी कुदाएका थिए । कति पए ठाउँमा भलपानीले पार्किङ राखेका मोटरसाइकल समेत ढलाएको थियो ।

कमेन्टहरु
Loading...