एजेन्सी, ४ बैशाख /रुवाण्डाको किगालीमा चट्याङ लागेर दुई दिनमा कम्तीमा २२ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले जानकारी दिएका छन् ।
दक्षिणी रुवाण्डामा भएको घटनामा अरु दर्जनौँ व्यक्ति घाइते भएका रुवाण्डाका गृह प्रशासन सम्बन्धी अधिकारीले जानकारी दिएका छन् ।
सोमबार बिहान करिब ११ बजे ४५ जनालाई आकास चम्किएको विद्युतले हानेको थियो, त्यसलगत्तै भूईँमा लडेका मध्ये दुई दिनमा २२ जनाको निधन भएको छ– एकजना स्थानीय नागरिकले सञ्चारकर्मीलाई जानकारी दिए ।
सोही स्थानमा गत वर्ष पनि यसरी चट्याङ लागेर केही मानिसको ज्यान गएको थियो ।