डा.न्यौपानेलाई अन्तराष्ट्रिय पुस्तक पुरस्कार

पोखरा, २४ साउन/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरीकाले प्रत्येक दुई वर्षमा प्रदान गर्ने गरेको उत्कृष्ट पुस्तक पुरस्कार लोकसंस्कृतिविद् डा.कुसुमाकर न्यौपानेद्वारा अनुसन्धान गरी २०६९ सालमा प्रकाशन गरेको दसावतार बालन लोकनाटकले प्राप्त गरेको छ । लोपोन्मुख अवस्थामा रहेको अनि नेपालको रामपुर पाल्पामा प्रचलित यो लोकनाटकलाई डा.न्यौपानेले अनुसन्धान गरी बाहिर ल्याएपछि सो लोकनाटकले निकै चर्चामा पाएको छ । 
kneupane.JPG
 
 
 
 
 
भगवान्का दसवटा अवतारको अभिनय भएको त्यस लोकनाटकलाई डा.न्यौपानेले सङ्कलन गरी विश्लेषण समेत गरेका छन् ।  लोकसमाजमा जीवित यस्ता लोकनाटक एवं लोकसंस्कृतिलाई सङ्कलन गरी प्रकाशन गरेर नेपाली लोकसंस्कृतिको समृद्धिमा डा.न्यौपानेले गरेका अनुसन्धानकार्य सर्वत्र प्रशंसनीय रहेको छ ।
डा.न्यौपानेले भन्नुहुन्छ “यस्ता पुरस्कारले मलाई आउँदा दिनमा अनुसन्धान तथा सिर्जनात्मक कार्य गर्न उत्प्रेरित गरेका छन् साथै मैले वर्षौदेखि गाउँगाउँ डुलेर अनुसन्धान गर्दाका कष्टलाई बिर्साइदिएका छन् ।” स्मरण रहोस् डा.न्यौपानेले तयार पारेको गोपीचन लोकनाटकले दुई वर्ष अगाडि यही अन्तराष्ट्रिय नेपाली साहित्य समाज अमेरीकाबाट उत्कृष्ट पुस्तक पुरस्कार प्राप्त गरेको थियो ।
 

कमेन्टहरु
Loading...