अन्तरसदस्यीयडबल ब्याडमिन्टन प्रतियोगितामा आठ खेल

पोखरा,२४ साउन। कास्कीजिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामापोखरा रड्डशालामासञ्चालित१३ औं अन्तरसदस्यीय डबल ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत बुधबार आठ खेल सम्पन्नभएका छन्।
सुपर लिगअन्तर्गतसमूह ए तर्फको पहिलो खेलमाविशाल खड्का र रूद्र घलेको जोडीले डम्बर पुन रदलराजपुनको जोडीलाई, दोस्रो खेलमासहदेव रञ्जित र रूपेश वैद्यको जोडीले डम्बर पुन रदलराज पुनको जोडीलाई, तेस्रो खेलमाशम्भु श्रेष्ठ र ओमप्रकाश गुरुङको जोडीलेसहदेव रञ्जित र रूपेश वैद्यको जोडीलाई तथाचौथो खेलमारामराजअधिकारी र मनोज श्रेष्ठको जोडीले रामकुमार श्रेष्ठ र सन्तोष मिश्रको जोडीलाई पराजित गरेको छ।
समूहबीतर्फको पहिलो खेलमाफडिन्द्र तिमिल्सिना र राजेश यादवको जोडीलाई, दोस्रो खेलमामेजर लक्ष्मी गुरुङ र मीन गुरुङको जोडीले टंक पौडेल र छविलाल शर्माको जोडीलाई, तेस्रो खेलमाबाबुरामपन्त र शेरबहादुर क्षत्रीको जोडीले निरबहादुर थापा र सुरेन्द्र गोदारको जोडीलाईतथाचौथो खेलमा सोहीजोडीले सुवर्णमाननकर्मी र मदनश्रेष्ठको जोडीलाई पराजित गरेको छ।
प्रतियोगितामाविजेता टीमले मात्रतीन अड्ढ प्राप्तगर्नेछ।प्रतियोगितासाउन ३० गतेसम्म सञ्चालनहुने छ। प्रतियोगितामा समूह ए मा ३६ तथा समूहबीमा ३४ गरी ७० जना खेलाडीको सहभागिता रहेको छ।प्रतियोगिताको प्रायोजकमावाइआर कन्स्ट्रक्सन प्रालिकाप्रोप्राइटर रामराजअधिकारी रहेका छन्।

कमेन्टहरु
Loading...