विन्दवासिनी र इन्द्रराज्यमा अनेरास्ववियु

पोखरा, २४ साउन/अनेरास्ववियुको संगठन विस्तार अभियान अन्तर्गत बुधबार विन्दवासीनी उच्च मा.वि. बाटुलेचौर र इन्द्रराज्यलक्ष्मी मा.वि. लामाचौरमा संगठन विस्तार गरेको छ। विन्दवासीनी उच्च मा.वि. मा दश जोड दुइतर्फ आशिष शर्माको अध्यक्षतामा ६१ सदस्यीय कमिटि निर्माण गरिएको छ। कमिटीको उपाध्यक्षमा सम्झना क्षेत्री र खेमराज तिमिल्सीना, सचिवमा अशोक थापा, सह–सचिवमा शोभा पौडेल र शिव पुन, कोषाध्यक्षमा सन्तोष अधिकारी रहेकाछन् । त्यस्तै गरी मा.वि. तर्फ सुजन तामाङको अध्यक्षतामा १०१ सदस्यीय कमिटी निर्माण भएको छ। कमिटीको उपाध्यक्षमा मनिसा थापा मगर, सचिवमा प्रजिता कुँवर, सह–सचिवमा विश्व क्षेत्री र कोषाध्यक्षमा एनिसा नेपाली रहेका छन् ।
यसै गरि इन्द्र राज्यलक्ष्मी मा.वि. लामाचौरमा जमुना थापाको अध्यक्षतामा ८१ सदस्यीय कमिटि निर्माण गरिएको छ । जसको उपाध्यक्षमा सन्तोष परियार, सचिव विशाल थापा, सह–सचिवमा समीन नेपाली र कोषाध्यक्ष दिक्षा श्रेष्ठ रहेका छन् ।
संगठन निर्माण अभियानमा अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका उपाध्यक्ष शेखर गौतमले नेपालीको शैक्षिक आन्दौलन र अनेरास्ववियुको भूमिकाको सन्दर्भमा मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यसै गरि जिल्ला सचिव भरत मान गुरुङले विद्यार्थी हक हितको लागि र विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाको लािग अनेरास्ववियुमा एकताबद्ध हुन आग्रह गर्नुभयोे ।
अभियानमा अनेरास्ववियू जिल्ला सह–सचिव विवेक देवकोटा, क्षेत्र नं. २ का अध्यक्ष अमृत ढकाल, पि.एन. क्याम्पस अध्यक्ष आर्शिवाद सुवेदी, जिल्ला सचिवालय सदस्य रमेश भण्डारी लगाएतले बोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...