भोज प्रकास र कोल्मा बराहचौर उच्च मा.वि.मा अधिवेशन

पोखरा, २४ साउन/नेपाल विद्यार्थी संघ स्याङ्गजाले भदौ १ गते अधिवेशनको मिती तोकी सकेको अवस्थामा स्याङ्गजा क्षेत्र न. १ मा रहेका भोज प्रकास उच्च मा.वि. र कोल्मा बराहचौर उच्च मा.वि.मा बुधवार अधिवेशन समपन्न भएको । भोज प्रकास उच्च मा.वि.मा सभापती खडकबहादुर,उपसभापती किरण थापा र डिलकुमारी थापा,सचिव युवराज अधिकारी,सहसचिव बिन्दु सुवेदी र अमरबहादुर राना,कोषाध्यक्ष रिम बहादुर परियार लगायतको ५७ सदस्सिय समिती निर्वाचित भएको छ । त्यसैगरी कोल्मा बराहचौर उच्च मा.वि.मा सभापती रेखा थापा,उपसभापती मदन गुरुङ्ग,सचिव वृष्मा राना,सहसचिव गिता नेपाली,कोषाध्यक्ष जित बहादुर मान्नधर सहितको ३१ सदस्यि कार्यसमिती निवाचित भएको छ ।
अक्त अधिवेशन कार्यक्रमका प्रमुख अतिथी तथा ने.व.संघ स्याङ्गजाका जिल्ला सदस्य अजित क्षत्रीले सबैलाई ने.वि.संघमा गोलबन्द हुन आग्रह गर्दै आफुहरुले तोकीएकै मितीमा अधिवेशन गराइसक्ने बताए । सो कार्यक्रममा विकास गुरुङ्ग,युवराज मान्नधर,दिमक राना लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...