सिद्धमा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन

पोखरा, २४ साउन/स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने उद्देश्यले एक वर्षदेखि निस्कृय रहेको स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिलाई भंग गरी नयाँ कार्य समिति गठन गरिएको छ । 
समितिको अध्यक्षमा गाविस सचिव मोहदत्त खनाल रहेको छन् भने सचिवमा स्वास्थ्य उपस्वास्थ्यचौकीका अहेव पार्वत अधिकारी रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रधानाध्यापकबाट दुर्गा पराजुली, महिला स्वयंसेविकाबाट खिमादेवी वास्तोला, जनजातिबाट हस्तमाया माल, दलितबाट गंगाबहादुर धमेल, वडा नागरिक मञ्च संयोजकबाट शारदा घिमिरे, प्रतिष्ठित संस्थाबाट राजेन्द्र सेन र अमृतबहादुर आचार्य चयन भएका छन् ।

कमेन्टहरु
Loading...